उपमेयर खड्का विरुद्ध भिडियाे रिपाेर्ट बनाएका उपाध्याय प्रहरी नियन्त्रणमा

पूर्ण चौलागाईं जुम्ला।
तिला गाउँपालिका वडा न.३ मा बन्दै गरेको १० शैयाको अस्पतालकाे विषयलाई लिएर आफूलाई अभियन्ता भनेर चिनाउने तिला- ४ नुवाकोट निवासी  नन्दराज उपाध्यायलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ।
उनले अस्पताल निर्माणमा चरम अनियमितता भएकाे, कमिसनकाे खेल खेलिएकाे, यसकाे प्रमुख दाेषी चन्दननाथ नगरपालिकाकी उपमेयर रामदेवी खड्का र उनका श्रीमान् चन्द्र खड्काकाे नाम लिँदै भिडियो निर्माण गरेका थिए।
आफूलाई अभियन्ता बताउने उपाध्याय ले अनर्गल प्रचार गरेकाे भिडियाे निर्माण गरी खबर बुलेटिन टिभी नामकाे फेसबुक पेजमा पाेष्ट गरेपछि संलग्न नै नभएकाे खड्का निर्माण सेवा र उपमेयर खड्कासहित उनका श्रीमान् कानूनी उपचारमा लागेकाे पत्रकार सम्मेलनमार्फत् बताइएको छ।
भ्याटसहित जम्मा १ कराेड ७२ लाख भुक्तानी भएकाे निर्माणाधीन अस्पतालमा १० कराेड भ्रष्टाचार गरेकाे भनी अनर्गल प्रचार गरिएकाे तिला गाउँपालिकाका अध्यक्ष माेतिलाल राेकायाले बताएका छन्। साथै जग्गा बिवादका कारण उक्त १० शैयाको अस्पताल निर्माण कार्यमा ढिलाइ भएको तिला गापा अध्यक्ष रोकायाले बताए ।
पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष रोकाया, निवर्तमान अध्यक्ष रतननाथ याेगी, अस्पतापतालको साइड हेरिरहेका प्राविधिक धनप्रसाद चौलागाईं सबैले सामूहिक रुपमा उपाध्यायले सामाजिक संजालमा भ्रम फैलाएको बताए ।




तपाईको प्रतिक्रिया