तातोपानी गापामा ३१ बर्ष माथिको मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न,

 

पूर्ण चौलागाईं जुम्ला।
तातोपानी गाउपालिकामा ३० बर्ष माथिको मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ। नेपालीको महान पर्व बिजया दसैं , सुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा सुभकामना आदानप्रदान गरि मैत्रीपूर्ण भाव झल्काउने हेतुले सो प्रतियोगिता आयोजना गरिएको वडा न.४ का वडा अध्यक्ष अमर बहादुर रोकायाले बताए ।
प्रतियोगितामा तातोपानी गापा वडा न.६ का वडा अध्यक्ष बिसाल खड्काले नेतृत्व गरेको समूह प्रथम भएको छ। भने  तातोपानी गापा वडा न.५ का वडा अध्यक्ष  छिरिङ महतले  नेतृत्व गरेको समूह दृतिय भएको छ। वडा अध्यक्ष खड्काले नेतृत्व गरेको समुहले १ गोलको विरुद्ध ४ गरि प्रथम भएको हो।

मैत्रीपूर्ण खेलले भाइचाराको सम्बन्ध कायम राख्ने भएको हुँदा युवामा सकारात्मक संदेश दिने कुरा जिल्ला खेलकुद बिकास समिति जुम्लाका अध्यक्ष धन कृष्ण पाण्डेले बताए । उक्त खेलमा ३ वटा समुहले भाग लिएका थिए ।




तपाईको प्रतिक्रिया