
पूर्ण चौलागाईं जुम्ला।
पछिल्लो सुमय शंकर झरना नाउ चल्दै आया छ।यो झरना जुम्ला जिल्ला पातारासी गाउपालिका वडा नुम्बर २ पेरे गाउमै पड्डुछ।
जुम्ला जिल्लाको पुर्वपट्टी पड्न्या यो झरना हेन्न र रिग्न दिनकै ६०/७० जुना मान्ठ जान्या गर्या छुन्। अज झुन छुन्चरा बारा दिन मस्तै मान्ठ ताइ रिग्न घुम्न गइकन रुमाइलो गन्न्या गद्द्दा छुन् । जुम्ला बजारदै २ घुन्टा मोटर चड्या पछि र झुन्डै १ घुन्टा हड्यापछि ताइ झरना पुगिन्छ। जुङगलको बिच्चउदो रया तेइ झरना वरिपोरी गुन्नाइनो,बायाजडी,बुन लसुन,चिराइतो, भुल्त्या,अत्तिस जइथा मस्तै रुपिया पड्न्या जडिबुटी पाइन्छुन्। त्यैथैगरिकन झारल,थारल,रतुवा,बुङ्गुर, कालो भालु जैथा बुन्या जन्तु पाइन्या गर्या छुन भुन्या कालिज,डाफे ,चाखुडा भद्दायो गरि मस्तै चराचुरुङ्गी ताइ झरना वरिपोरी पाइन्या गर्या छुन।
जडिबुटी कोरिकन बेचिकन आम्ना घराझान पाल्न्या गर्या कुडा पेरे गाउँ बइन्या ६० बर्हा मान्ठ पुन्नलाल बोहोराले भुन्या छुन।आफू जैथै गाउका अरु मान्ठहरुले पुनि जडिबुटी कोरिकनै घराझान पाल्न्या गर्या कुडा बोहोराले भुन्या छुन।
पातारासी गाउपालिकामै शंकर झरना मात्तै नभैकन ताइ सुन्सारकै अग्लो ठौर धान फल्न्या छुम जिउलो पुनि पड्डुछ।तालकोट,देबिथान,धानचौडी जैथा मान्ठहरु रिग्न्या घुम्न्या ठौर पुनि ताइ छुन। अचुल्ल पछिल्लो सुमय शंकर झरनाको नाउ चल्या छ।यो झरना जात्ती राम्मो र दिन्कै मस्तै मान्ठहरु न्यै रिग्न र घुम्न आउन्या गर्या कारन सरकारले ध्यान दिनुपड्न्या कुडा ताइ झरना हेन्न गया मान्ठ हरि थापाले भुन्याछुन। झरना देख्यापछी आफुन माइमरी रुमाइलो लाग्या र यति राम्मो ठौरमै आयापछि सब्बै दुख बिर्या र फेरि पुनि आम्ना घराझान ल्याइकन झरना हेर्न आउन्या भया कुडा ताइ घुम्न गयइ स्यानु चौलागाईंले भुनेइ छुन्।
अब केइ दिनभित्त कार्यापालिकामै कचरी गरिकन शंकर झरना बिकास गरि अज मस्तै मान्ठहरु ताइ झरना रिग्न र घुम्न जाउन भुन्या हेतुले क्या गन्न सकिन्छ त्यो गन्न पालिका पछि नपड्न्या र त्यैका पथ पालिकाले क्या क्या गन्न सकिन्छ गरिन्या कुडा पातारासी गाउपालिका अध्यक्ष पूर्णसिंह बोहराले भुन्या छुन् ।
त्यैथै गरिकन पछिल्लो सुमय शंकर झरना नाउ जा ताइ चल्दै आया र अझ यो झरना नाउ चलाइकन दिन्कै ताइ मस्तै मान्ठ घुम्न जान्या गर्या कारन आफू जात्ती खुसी भया र त्यै झरना बिकास र प्रचार प्रसार गन्न प्रदेश र संघको सरकार सात सायता माग्ना पथ आफू लागिपड्न्या भया कुडा पातारासी गाउपालिकाकि उपाध्यक्ष जनमाया रोकायाले भुनेइ छुन्।
झुन्डै १५० मिटर लामो लुम्बाइ भया यै झरना देख्या पछि ताइ गया मान्ठा मुन लोभिन्या र फेरि अक्करी ताइ ठौर रिग्न र घुम्न जान मुन लाग्दुछ।




हाम्रो कर्णाली । १४ आश्विन २०८०, आईतवार १७:५७