
पूर्ण चौलागाईं जुम्ला।असोज ११ गत्या
आफु जुन्म्या दिन्को मौका पाडिकन पत्रकार सागर परियारले एकजुनी टोकिनिन सायता गर्या छुन्। तातोपानी गाउपालिका वडा नुम्बर ६ बइन्या १२ बर्है निरु कामिन घोक्न्या सामान कापी,कलम, झोला सायता गरिया छ।
दुर्गा उच्च माध्यामिक पाठशालामै ६ कक्षामै घोक्न्या निरु कामिन आम्नो जुन्म्या दिनको मौका पाडिकन घोक्न्या सामान सायता गर्या कारन आफू जात्ती खुसी भया कुडा ६ नुम्बर वडा अध्यक्ष विशाल खड्काले भुन्या छुन। वडाले पुनि आउन्या दिनमै गरिब टटिकिन सायता गन्न्या भया कुडा वडा अध्यक्ष खड्का भुनाइ छ। रुपिया नभैकन कापी ,कलम र झोला किन्न नसक्न्या टोकिनिन सायता गर्या कारन पत्रकार परियारन वडा अध्यक्ष खड्काले भुन्न्याबाद दिया छुन।
फाल्तु खर्च गरिकन जुन्म्या दिन मुनाउनु राम्मो नभया कारन गरिब टोकिनिन घोक्न्या सामान सायता गन्नु राम्मो भया कारन आफुले सायता गर्या कुडा पत्रकार परियारले भुन्न्या छुन। पत्रकार परियार पत्रकार महासंघ शाखा जुम्लाका सहसचिव हुन भुन्या रेडियो नेपाल र कारोबार दैनिकमै काम गद्डै आया छुन। आम्नी छोरिन घोक्न्या सामान सायता गर्या कारन आफू माइम्मरी खुसी भैकन तिनुकी आमा सोभा कामिले पत्रकार परियारन भुन्न्यावाद दियइ छुन।




हाम्रो कर्णाली । ११ आश्विन २०८०, बिहीबार १५:३९