
पूर्ण चौलागाईं जुम्ला।
नेकपा एमाले कर्णाली प्रदेश अध्यक्षमा गुलावजंग शाह विजयी भएका छन्। शाहले खसेको कुल ६ सय नाै मतमा ३ सय ६९ मत प्राप्त गरि विजयी भएका हुन।
अध्यक्षका अर्का प्रत्यासी मीनबहादुर शाहीले २ सय ७ मत प्राप्त गरेका छन्।
उपाध्यक्षमा टेकराज पछाई विजयी भएका छन्। पछाइ तीन सय ४२ मत प्राप्त गरि विजयी भएका हुन् भने लालबहादुर महताराले एक सय ७६ मत प्राप्त गरेका थिए ।
त्यस्तै सचिवमा ध्रुव बहादुर शाही विजयी भएका छन् भने उपसचिवमा रवीन्द्र बहादुर शर्मा र रमेश बहादुर शाही विजयी भएका छन्।




हाम्रो कर्णाली । १५ आश्विन २०८०, सोमबार २१:३५