जुम्लामै नियमविपरित चलाइया मेडिकलन जरिमाना,भुन्या नमान्या बुन्द गरिदिन्या धुम्की

पूर्ण चौलागाईं । जुम्लामै नियमविपरित चलाइया मेडिकल हलन जरिमाना गरिया छ । बाणिज्य आपूर्ति तथा उपभोक्ता सरंक्षण अड्डा नेपालगन्ज बाँके, जिल्ला प्रशासन अड्डा जुम्ला र घरेलु तथा साना उद्योग अड्डा जुम्लाले सातै मेडिकल हेरफेर गर्या छियो।
हेरफेर गद्दा ओक्तो खरिद र बिक्रीको अभिलेख नराख्या र मेडिकल नविकरण नगरिकन , नियमविपरित मेडिकल चलाइया देखिया पछि जरिमाना गरिया छ।
ओम मनिष पोलिक्लिनिक एण्ड रेफरल सेन्टरन ५० हजार रुपिया, चन्दननाथ ओैषधी पसलन ५० हजार रुपिया र कर्णाली मेडिकलन २० हजार रुपियाँ जरिमाना गर्या छुन्।
जुम्ला बजारपुडो मेडिकलहरू राम्मो गरिकन नचलाइया पाइया छ। ओक्तो राख्न्या र बिरामि भया मान्ठन जाच्न्या ठाउँ राम्मो नभया कुडा हेरफेर गन्न्या टोलिले भुन्या छ। अबदै मेडिकलले नियमबिपरित काम गर्या भेटिया पछि मेडिकलन बुन्द गन्न्या चेतावनी हेरफेर गन्न्या टोलिले दिया छ।




तपाईको प्रतिक्रिया