
पूर्ण चौलागाईं जुम्ला।
जुम्ला जिल्ला भरी स्वास्थ्यमै सायता गन्न्या कुडामै सिंजा गाउँपालिका जिल्लाकै पइलो भया छ । आर्थिक वर्ह ०७९÷०८० मै जात्ती राम्मो काम गर्या कारन सिंजा गाउपालिका पइलो भया छियो।
जुम्ला जिल्ला सब्बै स्थानीय तहमै सिंजा गाउँपालिका पइलो भया कारन बार्षिक समीक्षा कार्यक्रममै सुम्मान गरिया गरिया कुडा जनस्वास्थ्य सेवा अड्डा जुम्ला मुख्या माण्ठ कृष्ण सापकोटाले जुनेस दिया छुन।
अज आउन्या दिनमै राम्मो काम गन्न हौसला दिन्या हेतुले सुम्मान गरिया कुडा स्वास्थ्य सेवा अड्डा जुम्लाले भुन्या छ। त्यथैगरिकन चन्दननाथ नगरपालिका दोर्सा भया छ भुन्या हिमा गाउपालिका तेर्सा भया छ।पोहोरका बर्ह चन्दनाथ नगरपालिका पइलो,कनकासुन्दरी दोर्सो र सिंजा गाउपालिका तेर्सा भया छियो।
आम्नो गाउपालिका स्वास्थ सायता दिन्या कुडामै यो बर्ह पइला भया कारन आपु जात्ती खुसी भया र आउन्या दिनमै पुनि कस्सिकन लाग्न्या भया कुडा सिंजा गाउँपालिका स्वास्थ्य शाखा मुख्या मान्ठ ललित रोकायाले भुन्या छुन् ।




हाम्रो कर्णाली । ३१ भाद्र २०८०, आईतवार २१:०६