
मुगु जिल्ला पहिको जोखिममै पड्या ३४ घराझानले नुइया घर पाया छुन्। मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नुम्बर१२ लुम्सा गाउँका भल र पहिरोको जोखिममै रया घराझानन सरकारले उन्तै घर बुनाइदिया छ।
ताइका पहिरोले ओज्ज्या घर सघन सहरी तथा भवन निर्माण आयोजना जुम्लाले ३४ नुइया घर बुनाइदिया कुडा भवन निर्माण आयोजनाका जुम्लाका सवईन्जिनियर चन्द्रबहादुर खड्काले भुन्या छुन्।ती ३४ जुना घर कार्मारोङ गाउँपालिका वडा नुम्बर ९ चिमाथ भुन्न्या ठौर बुनाइया छ। दलित आवास कार्यक्रम अन्तरगत एक घर बुनाउन ५ लाख रुपिया लाग्या छ।
नुइया घर बइन पायापछी ताइका मान्ठ जात्ती खुसी भैकन सरकारन धुन्न्याबाद दियाछुन।




हाम्रो कर्णाली । २४ भाद्र २०८०, आईतवार १९:५८