
पूर्ण चौलागाईं जुम्ला।
जुम्लाइ स्याउ खेती गन्न्या १० जुनि स्वाइनि मान्ठ भारतको काश्मिर भुन्न्या ठौर रिग्न गयइ छुन् ।काश्मिर सुन्सारकै स्याउ पाउन्या मुख्य ठौर भया कारन ताइ हेर्यापछी झुन स्याउ खेती राम्मो गरून् भुन्न्या हेतुले ती स्वाइनि मान्ठन काश्मिर हेराउन लिया कुडा हिमालय बहुउद्देश्यीय सहकारी सुस्ता अध्यक्ष मयालाल आचार्यले भुन्या छुन्।
त्यइ सुस्ताले कार्यक्रम लागू गर्या पातारासी गाउपालिकाइ ७ जुनि र गुठिचौर गाउपालिकाइ ३ जुनि स्याउको खेती गन्न्या स्वाइनि छानीयइ छुन्। तिनुले काश्मिर स्याउका फारम हेर्यापछी ताइका मान्ठले सिक्या सीप सिक्न्या र न्या जुम्ला आयापछी स्याउका चाना,जाम र साइटर बुनाइकन मस्त रुपिया कुमाइकन आम्ना घराझान पाल्न सजिलो हुन्या भया छ।
उघोग बाणिज्य संघ जुम्ला बरिस्ठ उपाध्यक्ष गणेश बहादुर रोकायाले काश्मिरमै स्याउ खेतिको निम्ति राम्मा राम्मा प्रबिधि हुन्या भया कारन ताइको सीप सिकिकन आउन उनुरोद गर्या छुन्।त्यथै गरिकन सामाजिक बिकास अड्डा जुम्ला मुख्या मान्ठ तुलराज चौलागाईंले स्याउ खेतिदै फाइदा हुन्या सीप सिक्नु पड्न्या कुडा भुन्या छुन्।ती स्वाइनि मान्ठन काश्मिर स्याउ खेतिमै घुमाउन लिन्या जुम्मा घनश्याम नगरकोटिले पाया छुन।
बि.पि.डब्लुको रुपिया सायतामै त्यइ घुमाउन्या कार्यक्रम भया हो।




हाम्रो कर्णाली । २० भाद्र २०८०, बुधबार १६:०३