कालिका आधारभुत पाठशाला हियाखोलाले आम्नो बार्षिकत्सव मुनायो

पूर्ण चौलागाईं जुम्ला।
कालिका आभारभुत पाठशाला हियाखोलाले आम्नो बार्षिकत्सव मुनाया छ।त्यइ पाठशालाले आम्नो पुन्न बर्ह पुग्या खुसियालिमै बार्षिकत्सव मुनाया छियो।
तातोपानी गाउपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईंले कालिका आभारभुत पाठशाला हियाखोला तातोपानी गाउपालिकाकै सब्बैभुन्ना राम्मो भया कारन आपु जात्ती खुसी भया कुडा भुन्या छुन्। आपुले पइलैदै त्यइ पाठशालान सायता गद्दै आया र अज पुनि सायता गन्या पालिका अध्यक्ष चौलागाईंको भुनाइ छ।त्यैथै गरिकन तातोपानी गाउपालिकाइ उपाध्यक्ष रेवती रावलले आउन्या दिनमै त्यइ पाठशालान पालिकाले क्या सायता गन्नु पड्डुछ सायता गन्न पछि नपड्न्या कुडा भुनेइ छुन् ।
ताइ घोक्न्या चेलान खुसी बुनाउना पथ कक्षामै पइला,दोर्सा र तेर्सा हुन्या सब्बैन इनाम दियाछुन । रुलाइलो गन्ना पथ नाटक देखाउन्या र नाइन्यागाइन्या कार्यक्रम गरिया छियो।त्यइ पाठशाला अध्यक्ष दिल्ली कामीको अध्यक्षमै कार्यक्रम गरिया छियो।




तपाईको प्रतिक्रिया