
पूर्ण चौलागाईं जुम्ला ः जिल्ला सहकारी संघ जुम्लाको अध्यक्षमा ऋषिराम पाण्डे चयन भएका छन् । सहकारी संघको ७ औँ चुनावी साधरण सभाले ४ बर्षको कार्यकालको लागि पाण्डेलाई अध्यक्षमा चयन गरेको हो ।
लामो समयदेखि चन्दननाथ बहुउद्देश्यीय सहकारी लिमिटेड जुम्लाको प्रमुखको रुपमा काम गर्दै आएका पाण्डे जिल्ला सहकारी संघ जुम्लाको अध्यक्षमा चयन भएका छन् ।
उपाध्यक्षमा जयबहादुर रावल, महासचिवमा भीम कसिंगर र कोषाध्यक्षमा फुलमाया महतारा चयन भएका छन् । सदस्यमा साग्मु लामा, पुष्पादेवि न्यौपाने, विष्णबहादुर भण्डारी, भानुभक्त न्यौपाने र कमल महत चयन भएको संघका निवर्तमान अध्यक्ष पदमबहादुर महतले जानकारी दिए ।




हाम्रो कर्णाली । १८ भाद्र २०८०, सोमबार १९:२७