
पूर्ण चौलागाईं
जुम्ला,१७ भदौ : नेकपा माओवादी केन्द्र मुगुले जिल्लाका ४५ वटै वडामा एकसाथ जनतासँग माओवादी विशेष तीने महिने रुपान्तरण अभियानको उद्घाटन गरेको छ । यो अभियान अन्तर्गत मुगु पार्टीका सबै नेताहरू वडावडामा पुगेर भव्यरुपमा यहाँका चारवटा स्थानीय तहका ४५ वटै वडाको शनिबार उद्घाटन भएको मुगु जिल्ल्ला इन्चार्ज गाेमा गाैतम (कुवरले) जानकारी दिनुभयो ।
अभियानका क्रममा मुगुका गाउँ वस्ती र जनताको घरघरमा जाने र जनताका कुरालाई सुन्ने माओवादीको योजना छ । माओवादीले यो अभियानलाई आफूहरूको अन्तिम परीक्षा भएको पार्टी इन्चार्ज गाैतमकाे भनाइ छ । ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियानमा मुगुका सबै वडामा अन्तरक्रिया,देउडा नाच अन्य कार्यक्रम गरेर उद्घाटन भएको मुगु इन्चार्ज गाैतमकाे भनाइ छ । गाउँबाट उदाएको माओवादी जनातको मुद्धा लिएर फेरी गाउँ पसेको छ ।जनतासँग माओवादी विशेष रूपान्तरण अभियानले आगामी निर्वाचनमा पार्टीलाई पुरानै अवस्थामा फर्काउन मद्धत गर्ने माओवादीको विश्वास रहेको छ । माओवादी केन्द्रले अभियानको नारा घर–घरमा माओवादी, जन–जनमा माओवादी’ राखेको छ । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल रुपमा देशभरका सबै वडामा अभियानको उद्घाटन गरेका थियो ।




हाम्रो कर्णाली । १७ भाद्र २०८०, आईतवार १०:१०