
पूर्ण चौलागाईं जुम्ला।
जुम्लामा जिप दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ।नाग्म गमगडी राजमार्गको कनकासुन्दरी गाउपालिका वडा न. ४ ठगुनेरामा आज बिहान करिब ६:३० बजे जिप दुर्घटना भएको हो।
भे १ प १०९९ जिप दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक उमेश चन्दले बताए । सो जिपमा अन्य कुनै यात्रु सवार नभएको बताइएको छ। जिप झण्डै ३०० मिटर तल खसेको मृतक चालक र सहचालकको नाम र उमेर नखुलेको प्रहरी निरीक्षक चन्दले जानकारी दिए।




हाम्रो कर्णाली । १७ भाद्र २०८०, आईतवार १०:०४