
पूर्ण चौलागाईं जुम्ला।
नेकपा माओवादी केन्द्रले शुरु गरेको माओवादी रुपान्तरण अभियान एकसाथ देशभर शुरु भएको छ । देशभका सवैवडाबाट शुरु गरिएको अभियान जुम्लामा पनि शुरु भएको छ । काठमाण्डौमा प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरे सँगै एकै साथ अभियान देशका सवै वडामा अभियान शुरु गरिएको छ ।
जुम्लाका स्थानीयतहहरु चन्दननाथ नगरपालिका, सिंजा गाउँपालिका, कनकासुन्दरी तातोपानी गाउँपालिका, तिला गाउँपालिका, हिमा गाउँपालिका, पातारासी गाउँपालिका, गुठिचौर गाउँपालिकाका वडाहरुमा पनि एकै दिन कार्यक्रम उद्घाटन गरिएको छ ।
सिंजा गाउँपालिका ः
सिंजा गाउँपालिकामा स्थानीय बाजागाजा सहित अभियान उद्घाटन गरिएको ईन्चार्ज प्रभात चलाउनेले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नम्बर १ मा ईज्चार्ज जंग सार्की, वडा नम्बर २ मा नविन शर्मा, वडा ३ मा पूर्णप्रसाद धिताल, वडा नम्बर ४ मा रतन शाही र सुर्य राना, वडा नम्बर ५ नम्बर दानबहादुर शाही र जनक शाही वडा नम्बर ६ मा हिक्मत खत्रीको नेतृत्वमा वडास्तरमा अभियान उद्घाटन गरिएको छ । यसैगरी सिंजामा अन्य पार्टी परित्याग गरि ४ जना नेकपा माओवादीमा सहमाहित भएका ईनचार्ज चलाउनेले जानकारी दिनुभयो । उहाँका अनुसार नेकपा एमाले परित्याग गरि वडा नम्बर १ मा नरविर वड, असाडे वड र नेमकिपा परित्याग गरि विर्ख वड र भक्त वड माओवादीमा प्रवेश गरेका छन् ।
कनकासुन्दरी गाउँपालिका ः
जिल्लाको कनकासुन्दरी गाउँपालिकाका वडाहरुमा अभियान शुरु गरिएको गाउँपालिका ईन्चार्ज नवराज न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकामा अभियानको क्रममा देउडा लगायतका विभिन्न कार्यक्रमहरु गरि अभियानको उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा ईन्चार्ज न्यौपानेले नेपालमा सवैभन्दा बढि काम माओवादीले गरेको तर प्रचार गर्न नसकिएको बताउनुभयो । उहाँले अहिले सरकारले थालेको भ्रष्ट्रचार अभियानमा सवैले साथ दिन आवश्यक रहेको छ । कनकासुन्दरी वडानम्बर १ मा भिम भण्डारी, २ मा शेरबहादुर भण्डारी, ३ मा सर्जन बुढा, ४ मा नरबहादुर जिसी, ५ मा राजजंग हमाल, तृर्सना हमाल, ७ मा तञ्जन हमाल, ८ मा अमृत सार्की, नमराज भट्टको नेतृत्वमा अभियान शुरुवात गरिएको छ ।
तातोपानी गाउँपालिका ः
जिल्लाको तातोपानी गाउँपालिकामा पनि अभियान शुरु भएको छ । ईन्चार्ज विरबहादुर रावतका अनुसार तातोपानीका वडाहरुमा पनि धुमधामका साथ अभियानको उद्घाटन गरिएको छ । उहाँले आफु वडा नम्बर ८ को कार्यक्रममा सहभागी भएको र १ देखी ८ वटै वडामा अभियानको उद्घाटन भएको जानकारी दिनुभयो । उहाँका अनुसार अभियानमा देउडा सहित विभिन्न प्रतियोगिता गरेर एकै साथ उद्घाटन गरिएको छ । तातोपानी गाउँपालिका वडा नम्बर १ मा रेवति रावल, २ मा हरिवहादुर डाँगी, ३ मा पूर्ण धिताल, ४ मा गंगा उपाध्याय ५ मा राजकुमार शाही, ६ मा विशाल खड्का ७ र ८ मा पालिका ईन्चार्ज विरबहादुर रावत खटिनु भएको छ ।
हिमा गाउँपालिका ः
जिल्लाको हिमा गाउँपालिकामा पनि विभिन्न कार्यक्रम गरि अभियानको उद्घाटन गरिएको छ । ईन्चार्ज गोविन्द तिमिल्सेनाका अनुसार हिमाका वडाहरुमा पनि अभियान उद्घाटन गरिएको छ । सरसफाई कार्यक्रम, अन्तरक्रिया, जनचेतनामुलक कार्यक्रम सहित विभिन्न कार्यक्रमहरु गरेर वडाबाट अभियानको उद्घाटन गरिएको अभियानका इन्चार्ज तिमिल्सेनाले बताउनुभयो ।
हिमा गाउँपालिकामा वडा नम्बर १ मा कालिबहादुर शाही र रतिमान वि.क, वडा नम्बर २ हिमाली रोकाया, वडा नम्बर ३ मा अम्मरजंग शाही, ४ नम्बर वडामा पालिका ईन्चार्ज गोविन्द तिमिल्सिना, ५ नम्बर वडामा ५ नम्बर वडामा अग्रबहादुर शाही ६ नम्बरमा प्रेमबहादुर रोकाया, मुन बुढा र ७ नम्बरमा कल्पना दमाई, वलबहादुर रावत ईन्चार्ज खटिएका छन् ।
गुठिचौर गाउँपालिका ः
गुठिचौर गाउँपालिकामा बृक्षारोपण, सरसफाई, अन्तरक्रिया सहित विभिन्न कार्यक्रम गरि अभियान उद्घाटन गरिएको छ । ईन्चार्ज रत्न गाहका अनुसार वडा नम्बर १ मा अन्तरक्रिया, वडा नम्बर, वडा नम्बर २ मा सरसफाई, वडा नम्बर ३ मा सरसफाई, ४ मा अन्तरक्रिया र ५ नम्बरमा विद्यालय वृक्षारोपण सहित विभिन्न कार्यक्रम गरि मनाईएको छ । गुठिचौरमा १ नम्बरमा चन्द्रवहादुर नेपाली, २ मा दुर्गा थापा र लालबहादुर थापा, ३ नम्बरमा लक्ष्मी प्रसाद उपाध्याय, ४ नम्बर वडामा बिष्णुबहादुर महत गौरव र ४ नम्बरमा पालिका ईनचाज रत्न गाहको ईनचार्जसिपमा कार्यक्रम भएका छन् ।
पातारासी गाउँपालिका ः
जिल्लाको पातारासी गाउँपालिकामा पनि अभियानको उद्घाटन भएको छ । इन्चार्ज डाक्टर कलबहादुर रोकायाका अनुसार १ देखी ७ नम्बर वडामा भब्य रुपमा कार्यक्रम भएका छन् । उहाँका अनुसार घरघरमा माओवादी, जनजनमा माओवादी, जनता सँग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत ३ महिने अभियान सहित प्रसाद वोहरा (क. पासाङ), अन्तरगत सवै वडामा कार्यक्रम भएका हुन् । उद्घाटन कार्यक्रममा मागल देउडा, ठाडिभाका लगायतका कार्यक्रम गरिएका छन् । उहाँका अनुसार वडा नम्बर १ मा मुनबहादुर बुढा, २ मा गोरवहादुर बुढा, ३ मा सेते वोहोरा, ४ मा हरि वहादुर बुढा, ५ मा जन महतारा ६ मा पालिका ईन्चार्ज रोकाया सहित किश्वर बुढा र वडा नम्बर ७ मा भक्त बुढाको नेतृत्वमा अभियान शुरु भएको छ ।




हाम्रो कर्णाली । १६ भाद्र २०८०, शनिबार १९:२१