
पूर्ण चौलागाईं जुम्ला।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमै पुनि अबदै मिर्गौला रोग भया मान्ठले ओक्तो गन्न पाउन्या पाया छुन्। आज स्वास्थ तथा जनसंख्या मुन्त्री मोहन बहादुर बस्नेतले उद्गाटन गर्यापछी अबदै मिर्गौला रोग भया मान्ठले उपचार गन्न पाउन्या भया हुन्।
यो भुन्दा प इला मिर्गौला बिरामी भया मान्ठ मस्तै रुपिया खर्च गरिकन भाइर जिल्ला जानुपड्न्या बाद्यता छियो।
अब रुपिया नतिरिकन बिरामिले आम्ना घरैती ओक्तो गन्न पाउन्या भया कुडा मुन्त्री बस्नेतले भुन्या छुन्।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमै क्या क्या सुमस्या पड्डुछ सरकारले गन्न तयार भया ती मुन्त्रीको भुनाइ छ।
सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लान ६ वटा डायलाइसिस मेसिन सायता गर्या छ। अइले दुई मुसिन मात्तै चलाउन्या र बिरामी मस्त हुँदै गयापछी अरु मुसिन पुनि चलाउन्या भया कुडा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला उपकुलपति मंगल रावलले भुन्या छुन्।
यो भुन्ना पइला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले सिटिस्क्यान, एक्स–रे, , हाडजोर्नी, नसारोग, बालरोग, स्त्रीरोग, नाक, कान, घाँटी र छाला रोग भया बिरामिन सायता गद्दै आया छियो।
अबदै मिर्गौला रोग भया मान्ठले काठमाडौं, सुर्खेत र नेपालगन्ज जानू नपड्न्या कुडा प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द्र महतले भुन्या छुन् ।




हाम्रो कर्णाली । १४ भाद्र २०८०, बिहीबार १९:५८