जुन्ता घर घर माओवादी अबियान चल्न्या

पूर्ण चौलागाईं जुम्ला।नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्र जुम्लाले पुनि ’घरघरमै माओवादी, जुन्ता मुनमुनभित्त माओवादी’ भुन्न्या अबियान भदुआ १६ गत्याबाटी चल्न्या भया छ। भदुआ १६ गत्यादै मुक्सिरा १५ गत्यासुम्म त्यइ अबियान चल्न्या भया कुडा माओबादी पाटी जुम्ला जिल्ला अध्यक्ष वीर बहादुर कुवरले भुन्न्या छुन्।
पर्सि भुदुआ मुइना १६ गत्यादै एकै दिन सातै देशभरि भया सब्बै वडा र जुम्ला जिल्ला भित्त रया ६० वडामै त्यइ अबियानको उद्गाटन हुन्या र मुन्सिरा मुइना १५ गत्या सकिन्या भया कुडा माओबादी पाटी जुम्ला मुख्या मान्ठ छिमी लामाले जुनेस गर्या छुन् ।पछिल्लो सुमयमै नेकपा माओवादीको अगुवाइमै भया सरकारले गर्या राम्मा राम्मा काम जुन्ता माज लिना पथ अबियान चलाइया माओबादी पाटी जुम्ला मुख्या मान्ठ लामा भुनाइ छ।
पार्टीले जुम्ला जिल्ला सब्बै पालिकामै केन्द्रका नेतान जुम्मा दिया छ। कनकासुन्दरी गाउँपालिकामै नवराज न्यौपाने, सिंजामा प्रभात चलाउने, हिमामा गोविन्द तिमिल्सिना, तिलामा झक्कुप्रसाद घर्ति, तातोपानीमा विरवहादुर रावत, गुठीचौरमा रत्न गाह, पातारासीमा डा.कलबहादुर रोकाया र चन्दननाथ नगरपालिमा विर्खबहादुर थापालाले अगुवाइ गन्न्या भया छन्।
आज माओबादी पाटिले जुम्ला जिल्ला भित्त भया पत्रकारन खेडिकन त्यइ अबियानको बार्यामै जुनेस गराया छियो।




तपाईको प्रतिक्रिया