योगिको अगुवाइमै अनेरास्वबियुको जुम्ला जिल्ला कुमिटी बुनाइयो

पूर्ण चौलागाईं जुम्ला।
रतननाथ योगिको अगुवाइमै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जुम्ला जिल्ला कुमिटी बुनाइया छ।योगिको अगुवाइमै ३७ जुना त्यइ कुमिटीमै रया छुन।
उपाध्यक्ष पदमै लोकेन्द्र बुढा र ललितजंग महत सचीव मै धनराज बुढा छनिया छुन भुन्या सहसचिव मै बिन बहादुर रावत,कैलाश सुनार , हिरा बहादुर रोकाया र नन्दराज खत्री छनियाछुन।त्यइथैगरिकन कोषाध्यक्ष पदमै कृष्णमाया भण्डारी छनियइ छुन।
१० बर्हपछी बुनाइया त्यै कुमिटिले जुम्ला जिल्लाभित्त पड्न्या पाठशालापुडो घोक्न्या चेलाहरुन केइ सुमस्या पड्यापछी त्यैखो विरुद्ध लड्न्या भया कुडा अनेरास्ववियु जुम्लाले जुनेस दिया छ।




तपाईको प्रतिक्रिया