
पूर्ण चौलागाईं जुम्ला।
सिँजाको केदारनाथ बुदबुदी मेला आजबाटी सुरु भया छ।मेला तिन दिनसुम्म चल्न्या भया छ।
ऐतिहासिक साउन पुनि एकादशीका दिन केदारनाथको मेलामै भारा न्हान्य, गौजो काट्न्या र वर माग्न्या पइलादैको मान्यता भया कारन केदारनाथन सुन्सारभरी चिनाउन्या हेतुले ताइ मेला चलाइया कुडा सिन्जा गाउपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले भुन्या छुन।
ताइ मेलामै सिन्जामै पइलादै उब्जनि हुँदै आया बालिनालिको खान्या कुडा,ताइका मान्ठले बुन्या राडी,काम्मो ,लिउ र फेरुआ राखिया छियो भुन्या खस पात्तो पुनि सार्वजुनिक गरिया छ।
तेइ मेलाको उद्घाटन कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरणमुन्त्री कृष्णकुमार विसीको मुख्य पाउनामै भया छियो।




हाम्रो कर्णाली । १० भाद्र २०८०, आईतवार २१:३०