
पूर्ण चौलागाईं ।
सिन्जा गाउपालिका वडा नुम्बर २ रनुखाना गाउँ बइन्या अहिलेसुम्म पाठशाला घोक्न नपायइ दुई जुनि टोकिनिले अब घोक्न पाउन्या भयइ छुन।ती दुई जुनि टोकिनी रुपिया नभया कारन अइलेसुम्म पाठशाला घोक्न पायइछिनुन।
२ नुम्बर वडा सरकार , आत्म सम्मानका निम्ति सहकार्य (क्याड) नेपाल, प्लान ईन्टरनेश्नल नेपालले सायता गन्न्या भयापछी ति दुई दिदिबुनिले चुलेलगाउमै भया पाठशालामै घोक्न पाउन्या भ भयइ छुन।
बिर्मकली कामी र अस्मिता कामी अइलेसुम्म पाठशाला घोक्न नपाया कुडा जुनेस पायापछी ती दिदिबुइनीन पाठशाला घोकाउन पथाउना पथ आम्नो वडा सरकारले पाठशाला जान्न्या बेला लाउन्या टाला सायता गर्या कुडा वडाध्यक्ष तिर्थ वडले भुन्याछुन।
दिदी बिर्मकलीले ५ कक्षामै र बुइनी अस्मिताले १ कक्षामै घोक्न पाइन्या भयइ छुन ।




हाम्रो कर्णाली । ८ भाद्र २०८०, शुक्रबार १९:४१