२६ लाख नगदसहित नेपाल सरकारका एकजना कर्मचारी प्रहरी नियन्त्रणमा

नेपालगंज विमानस्थलबाट २६ लाख नगदसहित नेपाल सरकारका एक जना कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
विमानस्थलमा सुरक्षा जाँचको क्रममा सापकोटाको झोलामा ठूलो मात्रामा नगद फेला परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिए । नेपालगन्ज विमानस्थलको सुरक्षार्थ खटिएको प्रहरीको टोलीले सापकोटालाई बिहान नियन्त्रणमा लिएको हो ।  सापकोटा बिहान ८ : ४५ बजेको श्री एयरको उडानमार्फत काठमाडौं जाँदै थिए ।अर्का एक जना अधिकृत फरार भएका छन् ।बरामद भएको रकम बारे प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी  डाँगीले बताए  ।




तपाईको प्रतिक्रिया