
पूर्णचौलागाईं जुम्लाः तिला गाउँपालिका वडा नुम्बर ६ रुखेडामै रया देविमहादेव माध्यामिक पाठशाला भलले ओज्जाया छ। बुधबार उल्कै मेग आया पछि आया भलले तेइ पाठशाला ओज्ज्या छियो। पाठशाला ओज्या पछि २ दिनदै चेलाले घोक्न पाया नाइ ।
६ कक्षा दै ११ कक्षा सुम्म सुन्चालन भया त्यै पाठशाला अइथि बैशाखा मुइनादै सुन्चालन भया छियो। खोलापुडो पाठशाला बुनाया कारन जैबेला पुनि भल आइकन पाठशाला ओज्जाउछकी भुनिकन ताइका मान्ठले उनुमान गर्या छिया। भलले चारकोठे पाठशाला ओज्ज्या पछि भित्त भया सब्बै नोक्सान भया कुडा तेई पाठशाला मुख्य गुरु झुपे रावतले भुन्या छुन। भलले सुडि र रिपिबाटी पाठशाला आउन्या २ काठा साउ पुनि बगायापछी ओडोपुडो गन्न अप्ठ्यारो भया छ।
भलले पाठशाला ओज्जाया पछि घोकाउन्या काम बुन्द भया र मेग आउन छोड्यापछि ताइ गइकन क्या गन्न सकिन्छ साट्टै घोकाउन्या ब्यबस्ता गरिन्या कुडा तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले भुन्न्या छुन ।




हाम्रो कर्णाली । ७ भाद्र २०८०, बिहीबार १६:०३