
पूर्ण चौलागाईं जुम्ला ।
पछिल्लो पल्ट गदुडिकन नाउ चलाउन्या मान्ठ दल बहादुर कुवरन तातोपानी गाउपालिकाले मुइनाकै ५ हजार रुपिया दिन्या भया छ।तातोपानी गाउपालिका वडा नुम्बर ७ सर्मी गाउमै जुन्म्या कुवर अइथि चौथो रारा अल्टा म्याराथुन र रुकुम गुरिल्ला म्याराथुनमै पइलो भया छिया।
ठाउँ ठाउँ दगुडिकन जुम्ला जिल्ला र तातोपानी गाउपालिकाको नाउ राख्या कारन कुवरन खुसी बुनाइ अज झुन आउन्या दिनमै मस्तै प्रगती होस् भुन्न्या हेतुले मुइनाकै ५ हजार रुपिया दिन्न्या निदो गर्या कुडा तातोगाउपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईंले भुन्या छुन।
खेलाडीको आत्मबल बडाउना पथ नापा रुपिया भया पुनि गाउपालिकाले यस्ता राम्मा काम गरि रहन्या र खेल खेल्न्या मान्ठन केइ सायता पुग्न्या भया कुडा उपाध्यक्ष रेवती रावलले भुनेइ छुन।
तातोपानी गाउपालिकाले ती दगुडिकन नाउ चलाउन्या मान्ठ कुवरन सुम्मान गरिकन मुइनाकै ५ हजार रुपिया दिन्या निदो गर्या छ।




हाम्रो कर्णाली । ६ भाद्र २०८०, बुधबार १५:२२