भदुवा १० गत्यादै सिन्जा केदारनाथ मेला हुन्या

पूर्ण चौलागाईं जुम्ला।
भदुवा १० गत्यादै १२ गत्या सुम्म ३ दिन सिन्जा केदारनाथ मेला हुन्या भया छ।सिन्जा गाउपालिकाले आज पत्रकार खेडिकन केदारनाथ मेला चलाउन्या भया कुडा जुनेस गर्या छ।
सिन्जा गाउपालिका वडा नुम्बर ४ बार्यामै पड्न्या बुदबुदी केदारनाथको सब्बै ठाउँमै प्रचार प्रसार गन्ना पथ मेला चलाउन आठ्या कुडा सिन्जा गाउपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले भुन्या छुन।ताइ मेलामै जुम्ला स्याउ,पइलादै उब्जनी गद्दै आया बालिनालिको खान्याकुडा,सिन्जाकै मान्ठले बुन्या भेडा उना लिउ,फेरुवा,काम्मो र गाउपालिकाले बुनाया खस पात्तो पुनि सार्वजुनिक गरिन्या भया कुडा अध्यक्ष धितालले जुनेस गर्या छुन।
त्यइ मेला पर्यटनमुन्त्री सुदन किरातिले उद्घाटन गन्या भया छुन ।जुम्लाबाटी चुनाउ झित्या सब्बै माननीय,जुम्ला सब्बै गाउपालिका अध्यक्ष र उपाध्यक्ष अरु चासो राख्न्या सब्बै जुम्मा हुन्या भया छुन।इन्द्रेणीको टिमले रुमाइलो गन्न्या भया छ भुन्या सिन्जा ७ वडाले पइलादै चलिआया देउडा र नाटक देखाउन्या भया कुडा वडा नुम्बर २ का वडाअध्यक्ष तिर्थ वडले भुन्या छुन।




तपाईको प्रतिक्रिया