
पूर्ण चौलागाईं जुम्ला।
जुम्ला पातारासी गाउपालिका ५ माथी लोर्पामा घट्टेखोलाको बाढीले बगाउँदा १ जना महिला बेपत्ता भएकि छन् ।पातारासी ५ निवासी ३५ बर्षकि पन्निकली बुढा बेपत्ता भएकि हुन् ।
सोमबार दिउँसो घट्ट पिस्न गरेको बेला करिब ५ बजेको समयमा घट्टेखोलामा बाढी आउँदा बुढा बेपत्ता भएको डिल्लीचौर प्रहरी चौकिका इन्चार्ज बुद्धि साउदले बताए ।बेपत्ता भएकि महिलाको खोलिकार्य भैरहेको इन्चार्ज साउदको भनाइ छ।
साथै सोही बाढीले ६ वटा पानी घट्ट बगाएको र बाकी क्षेतिको बिवरण आउन बाकी रहेको बताइएको छ ।




हाम्रो कर्णाली । ४ भाद्र २०८०, सोमबार १९:११