
पूर्ण चौलागाईं जुम्ला।
बाजुरा जिल्लामै पड्न्या बडिमालिका नाउ चल्या तिर्थस्थल हो। ताइ बर्हकै आज नागपुन्चमिदै कृष्ण जुन्म्या अस्टमिसुम्म मस्तै धर्मकर्म मान्न्या मान्ठहरु जाने गद्ददान। जुम्लादै मात्तै नभैकन अरु जिल्लादै पुनि ताइ बर्हकै मस्तै मान्ठ आउन्या गद्द्दान।
बाजुरा जिल्लामै पड्न्या भगवती मुन्दिरको पुजा गन्ना पथ आज जुम्लादै सरकारी टोलि बडिमालिकातिर गया छ।जिल्ला प्रशासन अड्डा सुब्बा एकराज गिरि र मुख्या पुगारी बिष्णु प्रसाद उपाध्यायको अगुवाइमै अरु मस्तै धर्मकर्म मान्या मान्ठ ताइ तिर गर्या कुडा जिल्ला प्रशासन अड्डा जुम्लाले जुनेस दिया छ।ता जान्या टोलिन बाजागाजा गरिकन बिदाइ गरिया छ।
बडिमालिकामै बर्हको यक पल्ट पुजा लाग्न्या भया कारन पइलादै जुम्ला र बाजुरा मान्ठा सुम्बन्द राम्मो हुन्या गर्या कुडा जुम्ला जिल्ला समन्वय सुमितिका मुख्या मान्ठ गौरिनन्द आचार्यले भुन्या छुन।
बडिमालिका जान्या मान्ठन हड्न्या बाटो र बाहपल्टी बास बइन्या ठाउ नभया कारन तिर्थालुन माइम्मरी दुख हुन्या गर्या कुडा जान्या बुज्या मान्ठ रमानन्द आचार्यको भुनाइ छ।हड्न्या बाटो र बइन्या बास भया पछि ताइ अज झुन मस्तै तिर्थालु जान्या कुडा पुनि तिनुको भुनाइ छ।
आज जुम्लाबाटी गया टोलि कृष्ण अस्टमीका दिन जुम्ला पुग्दुछ।




हाम्रो कर्णाली । ४ भाद्र २०८०, सोमबार १५:५६