नेपालगन्ज नर्सिङ्ग क्याम्पसका शिक्षक र कर्मचारीले सहुलियत कर्जा पाउने

पूर्ण चौलागाईं जुम्ला ।नेपालगन्ज नर्सिङ्ग क्याम्पसमा कार्यरत शिक्षक र कर्मचारीले सेवा ग्राही कर्जा पाउने भएका छन् । नेपालगन्ज नर्सिङ्ग क्याम्पस र नेपाल बैंक लिमिटेड सिटी अफिस बीच सेवा ग्राही कर्जाको लागि संझौता भएपछि सहुलियत  कर्जा पाउने भएका हुन् ।
नेपालगन्ज नर्सिङ्ग क्याम्पसका क्याम्पस प्रमुख तुलसा सुनार र नेपाल बैंक लिमिटेड बाँकेका शाखा प्रवन्धक रुपेश कुमार श्रीवास्तव बीच संझौता पत्रमा हस्ताक्षर भएको छ।
सो क्याम्पसमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई व्यक्तिगत आवश्यकताका आधारमा सेवाग्राही कर्जा अन्तर्गत वार्षिक आधार दर बैंकको नियमानुसार ३.५ प्रतिशत दरले व्याज लिने गरि अधिकतम्  पन्ध्र लाख सम्मको कर्जा प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौताले क्याम्पसमा कार्यरत शिक्षक तथा कर्मचारी उत्साहित भएको क्याम्पस प्रमुख सुनारले बताइन् ।




तपाईको प्रतिक्रिया