कर्नाली प्रदेशमै आज सार्वजनिक बिदा

कर्नाली प्रदेश सरकारले आज सार्वजनिक बिदा दिया छ।
कर्णाली प्रदेश स्थापना, शहीद दिवस तथा साउन शुक्ल पञ्चमी अर्थात् नाग पञ्चमीको अवसर पाडिकन कर्नाली प्रदेशमै भया सब्बै जिल्लामै सार्वजनिक बिदा दिया हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शुक्रबार एक रैवार निकालिकन भदुआ ४ गत्या प्रदेशका सब्बै सरकारीअड्डा र सार्वजनिक सङ्घ संस्थाहरूमै सार्वजनिक बिदा दिन्या निदो गर्या कुडा मन्त्रालयका शाखा अधिकृत निर्मला रेग्मीले जुनेस दियइ छुन ।

तपाईको प्रतिक्रिया