
पूर्ण चौलागाईं जुम्ला।
गुठीचौर गाउँपालिका वडा नुम्बर १ डिल्लीकोटका दलित बस्तीका काठका सीप सिक्या मान्ठन काठको काम गन्न्या औजार बाड्या छुन।काठ सुम्बन्धी सीप सिक्या र औजार किन्न्या रुपिया नभया ४२ जुना मान्ठन औजार बाडिया कुडा वडा नुम्बर १ का वडा अध्यक्ष अर्जुन महताराले भुन्या छुन ।ती सीप सिक्या मान्ठले आम्नो सीप देखाइ घरा झान पाल्न सजिलो होस भुन्न्या हेतुले औजार बाडिया कुडा वडा अध्यक्ष महताराले जुनेस गर्या छुन।
आधुनिक औषधि विद्युत्तीय राउटर , हात्या रत्न, रामालगायत दर्जन भुन्दा बढी औजार बाडिया छ।
झुन्डै ६ लाख रुपियाँ पड्न्या औजार बाडिया छ।




हाम्रो कर्णाली । ७ भाद्र २०८०, बिहीबार १९:३२