आज छकल्यादै बुन्द भया कर्नाली राजमार्ग अइलेसम्म खुल्या नाइ,उदोउबो गन्न्या मान्ठ अलपत्त

पूर्ण चौलागाईं जुम्ला।

आज छकल्यादै बुन्द भया कर्नाली राजमार्ग अइलेसम्म खोलिया नाइ।ट्याक्टर चलाउन्या मान्ठ धन गिरि बेपत्ता भया पछि तिनुका आम्ना मान्ठले न्याया पायानु भुनिकन गाडी हुड्न्या बाटो बुन्द गर्या छिया।
अगि दिउस जिल्ला प्रशासन अड्डा मुख्या मान्ठ,जिल्ला प्रहरी अड्डा मुख्या मान्ठ र बेपत्ता भया ट्याक्टर चलाउन्या आम्ना मान्ठ बसिकन कुडाकानी गर्या पुनि कुडा नमिल्यापछी बुन्द गर्या बाटो खोल्या नाइ।चन्दननाथ नगरपालिका वडा नुम्बर ९ उम्गाडामै बाटो बुन्द गरिया छ।
आज छगल्यादै बुन्द गर्या राजमार्ग अहिलेसम्म नखिल्यापछी उदोउबो गन्या मान्ठ अलपत्त पड्या छुन।आपुले राख्या माग पूरा नगर्यासम्म राजमार्ग नखोल्या कुडा पिडितका आम्ना मान्ठ तुल राज गिरिले भुन्या छुन।




तपाईको प्रतिक्रिया