
पूर्ण चौलागाईं ।जुम्लामा बिगतमा भएका शृङ्खलाबद्ध अपराधीक घटनामा संलग्न ब्यक्ति प्रहरी फन्दामा परेका छन् । गुटौचौर गाउपालिका वडा न.४ स्थाइ घर भै हाल चन्दननाथ न.पा.२ भण्डारीबाडा बस्ने बर्ष ३० का रत्न प्रसाद अधिकारि प्रहरी फन्दामा परेका हुन् ।
गत साउन ६ गते राती झण्डै १ बजेको समयमा चन्दननाथ न.पा. १ रानामा मदिरा सेवन गरि अपशब्द बोल्दै हल्ला गरेपछी स्थानीयले प्रहरीलाई खबर गर्दा अधिकारिलाइ प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रल्हाद कार्किले बताए ।गुठिचौर गाउपालिका ४ निवासी कृष्ण बहादुर अधिकारिको भन्सा अगाडि पार्किङ गरेर राखेको अटो रिक्सा रिसिविका कारण मिति २०८० असार २७ गते बिहान झण्डै ३ बजे आगजनी गरेको प्रतिवादी अधिकारीले स्वीकार गरेपछि अन्य घटनाको विषयमा थप अनुशन्धान गरिएको प्रमुख कार्किले बताए ।
गत साउन ३ गते बिहान २:४५ बजे च.ना.१ निवासी साउखर कामिको गोठ आगो लगाएको, साउन ५ गते चन्दननाथ १निवासी रतन बहादुर बुढाको २ तले घरमा आगजनी गरेको र सोही दिन गुठिचौर गाउपालिका ४ निवासी भिम प्रसाद जैसिको माटोले बनेको ३ तले घरमा आगजनी गरेको खुलेको हो।साउन ६ गते राती १ बजे गुठिचौर ४ का लालचन्द्र सार्किको २ तले कच्ची घर,सोही दिन राती १ बजे नै ४ कै (क )कबिदत्त न्यौपानेको जस्ताले बनेको ४ तले घर, सोही राती १:३० मा (ख) कबिदत्त न्यौपानेको जस्ताले बनेको ३ तले घर,१:४५ बजे खडानन्द पाण्डेको जस्ताले बनेको ३ तले घर,१:४५ मा प्रेम प्रसाद न्यौपानेको जस्ताले बनेको ३ तले घरमा आगजनी गरेको प्रतिवादी अधिकारिले बयान दिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख कार्किले पत्रकार भेटघाटमा बताए ।
सोही दिन राती ३:४५ बजेको समयमा प्रतिवादी रत्न प्रसाद अधिकारी बजारमा फर्किदै गर्दा गुठिचौर ५ धिता गाउँ नजिकै सडकमा पार्किङ गरेको लु ५ त १२४४ नम्बरको ट्याक्टरमा समेत आगजनी गरेको पत्रकार भेटघाटमा जानकारी गराइएको छ।
यस्ता शृङ्खलाबद्ध घटनामा अरु कसैको संलग्नता नभएर आफू मात्र संलग्न रहेको र आफू गरिब भएकोले कसैले पनि उदारो नपत्याउने भएपछि निसाश भइ यस्तो काम गर्न बाध्य भएको प्रतिवादी अधिकारिले स्विकार गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।




हाम्रो कर्णाली । २३ श्रावण २०८०, मंगलवार १८:३१