तातोपानी गाउपालिकाले गर्यो आगलागी पीडितलाई राहत प्रदान

पूर्ण चौलागाईं
तातोपानी गाउपालिका ७ सुर्की गाउँमा साउन २० गते राती राम बहादुर रावतको घर आगलागी भएको थियोे ।आगलागी पिडित राम बहादुर रावत काे परिवारलाई तातोपानी गाउँपालिकाले राहत प्रदान गरेकाे छ। आगलागी हुँदा रावतको घरको लत्ताकपडा, साेलार, विजुली र अन्नपात जलेर खरानी भएपछि रावतको परिवार विस्तापित भएकाे थियाे।
तातोपानी गाउँपालिकाकि उपाध्यक्ष रेवती रावल र तातोपानी ६ का वडा अध्यक्ष विशाल खड्का सुर्कीमै पुगेर आगलागी पिडितलाई राहत प्रदान गरेका हुन। आगलागी पीडित रावतको परिवारलाई राहत स्वरुप १ प्याक चामल,त्रिपाल, नुन, तेल, २/२ थान सिरक डसना, प्रेस कुकर,त्रिपाल बाल्टिन, थाल प्रदान गरिएकाे तातोपानी गाउँपालिकाकि उपाध्यक्ष रेवती रावलले बताइन् ।
चालू आर्थिक वर्षकाे पहिलाे विपदकाे घटना सुर्कीमा घटेकाे तातोपानी ६ का वडा अध्यक्ष विशाल खड्काले बताए । तातोपानी गाउँपालिकाले विपदमा परेका नागरिककाे घाउमा मल्हम लगाउन प्रयासरत रहेकाे उनले बताए। विगतमा पनि विपदमा परेका घरपरिवारलाई राहत प्रदान गर्दै आएकाे वडा अध्यक्ष खड्काले बताए ।
साउन २० गते राति ११ बजे तातोपानी ७ सुर्कीकै मानसिक अस्वस्थता भएका इवराज रावतले राम बहादुर रावतको घरमा आगाे लगाएको तातोपानी ७ का वडा सदस्य जगत रावतले बताए।
घरमा आगलागी बाट आंशिक क्षति पुगेकाे छ, ज्याला मजदुरी गरि खाने परिवारमा अन्नपात र कपडा जलेपछि निकै समस्या परेकाे पिडित रावतको भनाइ छ । राहत प्रदान गरेकोमा तातोपानी गाउपालिकाप्रति आफू खुसी भएको रावतले बताए ।




तपाईको प्रतिक्रिया