गत पाँच आर्थिक बर्षमा राजस्व संकलन ,कुन वर्षमा कति

५वर्षमा ३ जिल्लाको राजश्व डेढ अर्ब
कर्णाली प्रदेशका तीन जिल्ला जुम्ला,कालिकोट र मुगुबाट बितेको पाँच वर्षमा डेढ अर्ब मात्रै राजश्व संकलन भएको छ । आन्तरिक राजश्व कार्यालय जुम्लाको विवरणनुसार आव २०७५÷७६ देखि ०७९÷८० सम्मका पाँच वर्षमा तीन जिल्लाबाट गरी झण्डै १ अर्ब ५५ करोड ६० लाख ६७ हजार राजश्व संकलन भएको देखिन्छ ।

जसअन्तरर्गत गत आर्थिक वर्षमा ०७९÷८० मा लक्ष्यभन्दा ३२ लाख ९० हजारले घटेर निरासाजनक राजश्व उठेको छ । वार्षिक लक्ष्य ४७ करोड ५६ लाख ८५ हजार रहेकोमा असार मसान्तसम्म ४७ करोड २३ लाख १८ हजार राजश्व उठेको आन्तरिक राजश्व कार्यालय जुम्लाका सूचना अधिकारी खेमप्रसाद उपाध्यायले बताए । उनले भने,“लक्ष्यनुसारको ३२ लाख राजश्व उठ्न सकेन् । आर्थिक मन्दीले व्यापार व्यवसाय संकटमा पर्नु,अर्थतन्त्र चलायमान नहुनुले गत वर्षको राजश्व संकलन घटेको छ । भने केहि अनुदानमुखी उद्योगहरुका कारण पनि राजश्व संकलनमा गिरावट आउँछ ।”

साथै आन्तरिक राजश्व कार्यालयले जुम्ला,कालिकोट र मुगुबाट आव ०७५÷७६ मा १० करोड ८८ लाख ६९ हजार राजश्व संकलन गरेको देखिन्छ । भने आव ०७६÷७७ मा कोरोना कहरका बीचपनि झण्डै १३ करोडले बढेर २३ करोड २२ लाख ५५ हजार राजश्व संकलन भएको थियो ।

त्यस्तै,आर्थिक वर्ष ०७७÷७८ मा २५ करोड ५४ लाख लक्ष्य राखिएकोमा ३२ करोड ९६ लाख ३५ हजार राजश्व संकलन भएको थियो । भने आर्थिक वर्ष ०७८÷७९ मा कोरोनाले थलिएको व्यापार नउठेकै अबस्था पनि ३३ करोड ९ लाख लक्ष्य राखिएकोमा ४१ करोड २९ लाख ९० हजार राजश्व संकलन भएको सूचना अधिकृत उपाध्याय बताउँछन् । यसरी पाँच वर्षमा तीन जिल्लाबाट डेढ अर्ब बढी राजश्व उठेको देखिन्छ ।

वर्ष बित्दा जाँदा राजश्व संकलन बढेकै देखिन्छ । तर राजश्व संकलन हुने क्षेत्र प्रशस्त हुँदा पनि कहिले आर्थिक संकट त कहिले नीतिको अभावले शत प्रतिशत आम्दानीका क्षेत्र करको दायरामा छैनन् । हाल तीन जिल्लाका झण्डै १५ हजार करदाता रहेका छन् ।

आन्तरिक राजश्व कार्यालयले शत प्रतिशत व्यवसाय क्षेत्रलाई करको दायरामा ल्याउन,राजश्व संकलनलाई बृद्धि गर्न गाउँ केन्द्रित करशिक्षा कार्यक्रमलाई जोड दिइएको छ ।

५ वर्षमा ३ जिल्लाको राजश्व डेढ अर्ब

तपाईको प्रतिक्रिया