मन्त्री सिंहकाे प्रथामिकतामा कर्णाली प्राविधिक शिक्षालय

जुम्लाको चन्दननाथ नगरपालिका – ३ घुघुत्तिस्थित कर्णाली प्राविधिक शिक्षालय नेपालकै जेठो प्राविधिक जनशक्ति उत्पादन गर्ने विद्याको मन्दिर हो । यो शिक्षालय २०३७ सालमा स्थापना भएको हो । यहाँका भौतिक संरचना जीर्ण हुदै गएकाले कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले स्तरोन्ति गर्ने प्रतिबद्धता जनाएका छन् । उनले भने यस शिक्षालयलाई प्रदेश सरकारले प्रथामिकतामा राखेकाे छ ।

शिक्षालयको ४३ औँ बार्षिक उत्सवको अवसरमा जुम्ला पुगेका मन्त्री सिंहले यस्तो प्रतिबद्धता गरेका हुन् । उनले शिक्षालयको सवै भौतिक संरचना देखि विभिन्न विषयमा अध्ययन हुने अवस्था र आवश्यक सामग्रीसहित जनशक्तिलाई भौतिक रुपमै अध्ययन अनुगमन गरेर थप स्तरबृद्धि गर्न बजेटको व्यवस्थापन गर्ने विश्वास दिलाएका हुन्

कर्णाली प्राविधिक शिक्षालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्णालीका शिक्षा क्षेत्रका धरोहर हुन् । प्रतिष्ठानका उपकुलपति डा. मंगल रावल भने यिनै क्षेत्रमा राज्यको लगानी निकै कम हुने गरेको देखिन्छ । राज्यको लगानी पुगेको छैन । दक्ष जनशक्ति उत्पादन गर्ने क्षेत्रमा राज्यले लगानी बढाउनु पर्ने देखिएको छ ।

तपाईको प्रतिक्रिया