दुतावासका अधिकृत बुढ्थापाकाे पहलमा मयालाल परियारकाे शव नेपाल ल्याईयाे


जुम्ला । जुम्ला हिमा गाउँपालिका–१ देवारगाउँ घर भई मलेसियामा राेजगारीका सिलसिलमा गएका मृत्तक मयालाल परियार (दमाईकाे) शव नेपाल ल्याईएकाे छ ।

मलेसियामा सक्युरिटि गार्डकाे रुपमा काम गर्दै आएका दमाईकाे गत असार ८ गते असमायिक निधन भएकाे थियाे । उनकाे मृत्यु लगत्तै शव मलेसियाकाे काेलालाम्पुर स्थित नेपाल राजदुतावासकाे निगरानीमा राखिएकाे थियाे ।

मलेसिया स्थित नेपाली राजदुतावासका शाखा अधिकृत जुम्ला निवासी प्रेम बहादुर बुढ्थापाकाे पहलमा मयालालकाे शव आगामी शुक्रबार निशुल्क रुपमा नेपाल पठाएकाे  मृत्तकका दाई नाता पर्ने भैरब परियारले जानकारी दिनुभयाे ।

उहाँले भन्नुभयाे,”बाध्यताले बैदेशिक राेजगारीमा आयाै । अनाचक  दुखद निधन भयाे । शवसुरुदेखिनै दुतावासकै निगरानी थियाे । तर मलेसियामा शव अलपत्र भन्ने समचार आए । त्याे सत्य  हैन । सुरुदेखिनै शव दुतावासकाे निगरानीमा थियाे । वास्तविकता नबुझि समचार आए । मेराे गुहारलाई सुनेर दुतावासका अधिकृत बुढ्थापाकाे अथक प्रयासमा शवलाई नि:शुल्क नेपाल पठाउन सम्भव भयाे । कुनै दल नगुहार्न र आफुले नै नेपालमा शब पुराउने दुतावासका शाखा अधिकृत बुढ्थापाले बाचा गरेका थिए। तर नेपालमा अनाआबश्यक स्टन्डबाजी भयाे ।”

शुक्रबार दिउसाे १२ बजेतिर पुगेकाे मयालालकाे शवलाई आफन्त मिम बहादुर परियारले बुझेका छन् । भने हचुवाका भरका समचार बनाउनेदेखि शवमाथि भएकाे स्टन्डबाजी,राजनीतिले मृत्तकका आफन्त  दुखित छन् ।

घरकाे स्थिति नाजुक रहेकाे,पैसा तिरेर शव नेपाल लिन सम्भव नरहेपछि अधिकृत बुढ्थापाले सबै क्षेत्रमा पहल गरि शुक्रवारसम्म शव निशुल्क नेपालमा पठाउने बताएका हुन् ।




तपाईको प्रतिक्रिया