बाजागाडा गाउँमा जिल्लामै पहिलो ‘ईनलाईन क्लोरिनेशन’ प्रविधिबाट घरघरमा पानी पुग्यो


सागर परियार, जुम्ला । हिमा गाउँपालिका वडा नं. ५ स्थित दुर्गम बाजागाडा गाउँमा जुुम्लाकै पहिलो ईनलाईन क्लोरिनेशन गरिएको पानी घरघरमा पुगेको छ । बाजागाडा गाउँको १ सय ३६ घरधुरीमा शुद्धीकरण सहितको एकघर एकधारा पुगेको हो ।

नेपाल सरकार,यूरोपियन यूनियन फिनल्याण्ड सरकारको सहयोग मार्फत हिमा गाउँपालिकाद्धारा सञ्चालित खानेपानी सरसफाई तथा स्वच्छता (सुष्वा) परियोजनाको ७६ लाख ७७ हजार ८ सय ६७ रुपैया लागतमा एकघर एकधारा निर्माण भएको परियोजना संयोजक सुमिता शाहीले बताउनुभयो हो । उहाँका अनुसार खानेपानी आयोजना निर्माणमा स्थानीय नागरिकको कुल लागतको २० प्रतिशत जनश्रमदान रहेको छ ।

परियोजनाले हिमा गाउँपालिकाभर,खानेपानी,सरसफाई तथा स्वच्छता र दिगोपनाका लागि काम गर्ने भएको छ । पुणर् सरसफाईयुक्त पालिका बनाउने लक्ष्य सहित भौतिक संरचना निर्माण,मर्मत संभार तथा जनचेतना मुलक कार्यक्रम हुने संयोजक शाहीले उल्लेख गर्नुभयो ।

सुष्वा परियोजनाको ७६ लाख लगानीमा निर्माण भएको बादाखोला खानेपानी तथा सरसफाई आयोजनाको बुधबार उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्षले आयोजनाको उद्घाटन गर्नु भएको हो ।

अध्यक्ष लक्ष्मण बहादुर शाहीले हिमालाई खानेपानी,सरसफाई तथा स्वच्छतामा जिल्लाकै अब्बल पालिका बनाउने गरी सुष्वा परियोजना मार्फत विभिन्न काम गरिने बताउनुभयो । आफ्नो पाँच वर्षे कार्यकालमा हिमाका घरघरमा एकघर,एकधारो पुराउने लक्ष्य राखेको छु ।

उनले भने,“पालिकाका सबैवडामा एकघर,एकधारा,शौचालय,आनीबानी परिवर्तन लगायतका क्षेत्रमा परियोजनाले उल्लेखीय काम गर्ने छ । साथै पालिका पनि खानेपानी सरसफाईका क्षेत्रमा प्रयाप्त लगानी गर्न तयार छ ।”

जुम्लाकै नमुना खानेपानी आयोजनाका रुपमा बाजागाडामा घरघरमा फाईप लाईनबाटै पानी शुद्धीकरण गरेर आएकोले पानीको बहुआयामिक सदुपयोग तथा संरक्षणमा ध्यान दिन स्थानीयलाई समेत आग्रह गर्नुभयो ।

सुष्वा परियोजनाका प्राविधिक विज्ञ नारायणसिंह खवासले सुष्वा परियोजना लागु भएका कणर्ालीका २१ वटै स्थानीयतह मध्य हिमा पहिलो ईनलाईन क्लोरिनेशन मार्फत शुद्धीकरण गरी घरघरमा पानी पुराइएको बताउनुभयो ।

उहाँले भन्नुभयो,“ईनलाईन क्लोरिनेशन गरेको पानी जिवाणु रहित हुन्छ । कोलिफर्मले जीवाणु मार्छ । जसले गर्दा नागरिकको स्वास्थ्यमा कुनै असर पर्दैन । यो प्रविधि कणर्ालीकै पहिलो ।”

कणर्ालीका अधिकांश नागरिक अझै शुद्ध पानीको पहुँचमा पुगेका छैनन् । त्यसैले ईनलाईन क्लोरिनेशन प्रविधि सबै खानेपानी आयोजनामा लागु गर्न जरुरी छ । सुष्वा परियोजना मार्फत साढे ५ वर्षमा ७ सयवटा योजना निर्माण हुने र त्यसमार्फत २ लाख ६२ हजार ५ सय नागरिक लाभान्वित हुने लक्ष्य राखिएको छ ।

जसअन्तर्गत पहिलो आयोजना स्वरुप बादाखोला खानेपानी तथा सरसफाई आयोजना उद्घाटन भएको हो । हिमामा फागुनदेखि लागु भएको परियोजनाले दिर्घकालिन महत्वको खानेपानी आयोजना निर्माण गरी नागरिकको पिडामा मलम लगाएको हिमा गाउँपालिका उपाध्यक्ष सुर्पना शाहीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो पनि हेर्नुहोस्...