मानदत्त रावल, जुम्ला ः खोलाको किनारामा स्कूल । कतिबेला बच्चा खोलाले बगाएको खबर सुनिने हो । निकै त्रासपूर्ण अवस्थामा बालबच्चा स्कुल पठाउनु पर्ने यो घोबिघाट गाउँबासीको बाध्यता थियो । कनकासुन्दरी गाउँपालिका – ४ धोबिघाट गाउँस्थित आधारभुत विद्यालयको घेरवार नहुदा खोलामा बालबालिका बग्ने जोखिम थियो । विद्यालयको प्राङ्गणमा दुई वटा विद्यालयका पुराना भवन बाहेक घेरबार थिएन । घेरबार नहुदा बालबालिका स्कूल पठाउन निकै जोखिम थियो । बालबालिका स्कुल नपठाउ पनि कसरी ? स्थानीय नरबहादुर घर्तीले भन्छन् गाउँ नजिकको स्कूल नै त्यही हो ।
प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत कनकासुन्दरी गाउँपालिका दुई वर्षको अन्र्तरालमा स्कूल वरिपरि १४० मिलर घेरबार पर्खाल निर्माण गरेपछि बालबालिका सुरक्षित भएको स्थानीय घर्तीले बताए । धोबिघाट आधारभुत विद्यालयमा कक्षा ५ सम्म पठनपाठन हुने गरेको छ । विद्यालयमा ५० जना बालबालिका अध्ययन रहेको प्रधानाध्यापक मानबहादुर बुढाले बताए । उनले भने विद्यालय आउने बाटो बनेको छ । अब खोलामा बालबालिकालाई सहज रुपमा आवतजावत गर्नका लागि सुरक्षित काठेपुलको आवश्यकता रहेको छ । यहाँका नागरिकले काम चलाउ रुपमा काठपुल बनाए पनि हरेक बर्ष बाढीले बगाएर लैजाने गरेको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत स्थानीय स्तरमा रोजगारीसँग नमुना भौतिक संरचना निर्माण भएको स्थानीय बताउन्छन् । कनकासुन्दरी गाउँपालिका – ५ स्थित टापुज्यूलोमा गतवर्षको बाढीपहिरो र हिमा नदीको कटानले क्षतविक्षत भएको थियो । खेतीयोग्य जमिन नदीले बर्षेनि कटान गरेपछि धानबाली उत्पादनमा ह्रस आएको स्थानीय दिपेन्द्र उपाध्यायले बताए । उनले भने वर्षेनि नदिको कटानले खेतीयोग्य जमिन मासिदै गएपछि कनकासुन्दरी गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत कटान रोक्नका लागि तटवन्धन निर्माण गरेपछि सहज भएको हो ।
३५० जना रोजगारी
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत कनकासुन्दरी गाउँपालिकाका तीन सय ५० जनाले रोजगारी पाएका छन् । कार्यक्रमअन्तर्गत उनीहरूले ५० दिनका लागि विकास निर्माणका काम गरी रोजगारी पाएका हुन् ।
सो अवधिमा उनीहरूले प्रतिव्यक्ति २८ हजार आठ सय ५० रुपैयाँ आम्दानी गरेका रोजगार संयोजक हंशराज न्यौपानेले बताए । मुख्यमन्त्री रोजगार कार्यक्रम अन्र्तगत ६ वटा आयोजना र प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत १४ आयोजना सम्पन्न भएका छन् ।
आर्थिक वर्ष ०७९÷८० मा मुख्यमन्त्री रोजगार कार्यक्रमको ९० लाख र प्रधानमन्त्री रोजगार कार्यक्रमको ८२ लाख ८० हजार बजेट विनियोजन गरिएको थियो ।
कार्यक्रमअन्तर्गत चिन्डेखोला–तलिगाउँ गोरेटोबाटो, धोबीघाट, आवि साउवाडा पर्खाल निर्माण, टापुज्युला तटबन्ध निर्माण, तल्लो रानिसैनदेखि खिच्ने विद्यालयसम्म ढुंगा बिछ्याउने, चुतीखेल्ना–सार्कीवाडा–ल्वारवाडा–दमाईंवाठा पिसिसी बाटो र बैदारवाडा खानेपानी मर्मत तथा ढल निकास आयोजना निर्माण सम्पन्न भएको संयोजक न्यौपानेले जानकारी दिए ।