
जुम्ला ः नेपाल पत्रकार महासंघका संस्थागत सहसचिव तथा प्रेस सेन्टर नेपालका सस्थापक सदस्य स्वर्गिय पदमराज देवकोटाको नाममा पत्रकारिता पुरस्कार कोष स्थापना गरिने भएको छ ।
प्रेस सेन्टर जुल्लाको चौथो साधारण सभामा कोष स्थापना गर्न पत्रकारिता क्षेत्र र विभिन्न व्यक्तिबाट सहयोग प्रदान घोषणा गरिएको छ ।
कोष स्थापनाका लागि पहिलो चरणमा एक लाख रकमको घोषणा भएको छ । सो मध्य सिंजा गाउँपालिका २ का वाडध्यक्ष तिर्थ वडले ११ हजार १११ रुपैयाको चेक हस्तानान्तरण गरेका छन् । यसका साथै कोषका लागि प्रेस सेन्टरका केन्द्रीय सचिव शुरबहादुर सिंहले ११ हजार ११५ रुपैया, प्रेस सेन्टर प्रदेश सचिव उपेन्द्र न्यौपानले १० हजार ९ सय ९३, नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपालका कर्णाली प्रदेश अध्यक्ष देवेश्वर गिरीले १० हजार एक रुपैया, पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले १० हजार १०१ रुपैया कोषका लागि उपलव्ध गराउने घोषणा गरेका छन् ।
यसैगरी कोषका लागि स्वर्गिय पदमराज देवकोटाका भाई उत्तम देवकोटाले ११ हजार १११ रुपैया, नेपाल पत्रकार महासंघ जुम्लाका पूर्व केन्द्रीय सदस्य पूर्ण प्रसाद चौलागाई ५ हजार र प्रेस सेन्टर जुम्लाका अध्यक्ष बिजय रावतले ५ हजार रुपैया दिने घोषणा गर्ने भएका छन् ।
यसैगरी क्रान्तिकारी पत्रकार स्वर्गिय देवकोटाको सम्झनामा बरिष्ठ पत्रकार तथा प्रेस सेन्टरका संस्थापक नेता मनऋषि धितालले २१ हजार रुपैया घोषणा गरेका हुन् । उनले प्रेस सेन्टर जुम्लाले गरेको उदाहरणीय काम राम्रो भएको भन्दै सानो सहयोग भएको बताए ।
पत्रकार देवकोटा यूद्धकालमा पत्रकारिता गर्दा गर्दै वि.स. २०६० कार्तिक ५ गते भूमिगत भएका थिए । २०६० माघ २३ गते पदम देवकोटालाई जुम्ला तातोपानी गाउँपालिका तलिउम उमगाड बजारमा गोली हानी हत्या गरिएको थियो ।
प्रेस सेन्टरले जिल्लामा आयोजना गरिएको साधारण सभामा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गोमा कुँवरले व्यवस्था परिवर्तन, विकास, समृद्धिको ईतिहासको मुल्यांकन पत्रकारिता क्षेत्रले गर्नुपर्नेमा जोड दिए । उनका अनुसार यो राज्य व्यवस्था परिवर्तन गर्न सहिद पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेकोले उच्च सम्मान गर्दै अहिले पनि राज्य व्यवस्थाका विरोधी विरुद्ध अहिलेको पत्रकारिता लाग्नुपर्ने बताइन् । प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव शुरबहादुर सिंहले कर्णालीको पत्रकारिता क्षेत्रले विकास र समृद्धिमा ठूलो योगदान पु¥याएको भन्दै अझ पनि सशक्त अगाडि बढ्नुपर्ने बताए । उनले कर्णालीले आफ्नो अधिकारका लागि काठमाडौं सँगको लडाई आवश्यक रहेको बताए । नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले प्रेस स्वतन्त्रता, परिवर्तनका सवालमा जुम्लाको पत्रकारिता क्षेत्र त्यसमा पनि प्रेस स्वतन्त्रतामा प्रेस सेन्टरको भूमिका अग्रणी रहेको बताउदै स्वर्गिय पदम प्रसाद देवकोटा जस्तै अग्रज पत्रकारका कारण आज जुम्लाको पत्रकारिता क्षेत्र यहाँ पुगेको बताए । सिंजा गाउँपालिका उपाध्यक्ष सितली रोकायाले पत्रकारिता क्षेत्र विकास र समृद्धिको आशाको पेशा भएकाले सो अनुसार काम गर्न पत्रकारले अगुवाई गर्नुपर्ने बताइन् ।
नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपालका कर्णाली अध्यक्ष देवेश्वर गिरीले स्वच्छ पत्रकारिताका लागि कर्मचारीतन्त्रले जहिले पनि सहयोग गर्नेमा जोड दिए । पत्रकार महासंघका संस्थापक सभापति नरेन्द्रनाथ योगीले प्रेस सेन्टरको स्थापना क्रान्तिकारी गर्भबाट जन्मेकाले जुम्लामा यूद्दकाल र शान्ति प्रक्रियामा पत्रकार महासंघको भूमिकाका बिषयमा जानकारी गए । महासंघका पूर्वध्यक्ष भीम कसिंगरका अनुसार परिवर्तनका लागि प्रेस सेन्टर र पत्रकारहरुको भूमिका महत्वपुर्ण रहेको छ ।




हाम्रो कर्णाली । ३१ बैशाख २०८०, आईतवार २०:११