कुस्कारविरुद्ध गाउँबस्तीमा सन्देशमुलक पोष्टर टाँस


जुम्ला ः समाज हुने कुरिति तथा कुस्कारविरुद्ध सन्देश फैलाउनका लागि गाउँबस्तीमा पोस्टर पम्पीलेट टाँस गरिएको छ । चन्दननाथ नगरपालिका – ३ ढाणथपलाको उर्जाशिल बाल क्लवले बनाएको कुरिति तथा कुस्कारविरुद्धका सन्देशमुलक पोष्टर टाँस गरिएको हो ।


अहिलेको २१ औँ सताव्दीको समाजमा छुईप्रथा, बालविवाह जस्ता कुरिति तथा कुस्कार कायमै रहेको छ । यस्तो कुरिति तथा कुस्कारलाई न्यूनिकरण गर्नका लागि सन्देशमुलक पोस्टर टाँस गरिएको चन्दननाथ नगरपालिका महिला तथा बालबालिका शाखाकी बाल संरक्षण अधिकृत पुष्पा रोकायाले बताइन् ।


वडा कार्यालय, प्रहरी प्रशासन, चन्दननाथ नगरपालिका महिला तथा बालबालिका शाखा, बालबालिकाको क्षेत्रमा काम गर्ने आवाज पेस नेपाल जुम्ला र बाल क्लवको समन्वयमा सन्देशमुलक पोष्टर टाँस गरिएको जनाएको छ ।




तपाईको प्रतिक्रिया