आगामी २४ घण्टाको मौसमः कहाँ वर्षा कहाँ बदली ?

आगामी २४ घण्टा देशका विभिन्न स्थानमा बदलीदेखि वर्षासम्मको सम्भावना जल तथा मौसम पूर्वानुमान महाशाखाले औंल्याएको छ । महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तर तिर र पूर्वतिर सरदर स्थानमा अवस्थित रहेको छ।
शनिबार बिहान प्रदेश १ तथा सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। बाँकी स्थानमा सामान्यतः बदली रहेको छ ।

यस्तै दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। यस्तै बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रही बागमती प्रदेश,गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ।




प्रतिक्रिया दिनुहोस्

यो पनि हेर्नुहोस्...