तातोपानीको हिमशिखरमा सडक नाटक प्रर्दशन


जुम्ला ः तातोपानी गाउँपालिकाले बालबिवाह विरुद्धको अभियान सञ्चालन गर्दै आएको छ । पाँच वर्षभित्र तातोपानीलाई बालबिवाहमुक्त र बालमैत्री बनाउने पञ्चवर्षीय रणनीति अनुसार सामाजिक कुरिती विरुद्धको अभियान सञ्चालन गरेको हो । सोमबार तातोपानीको हिमशिखर मावि विद्यालयमा बालबिवाह, लागु औषध दुव्र्यसनी विरुद्ध सडक नाटक प्रर्दश गरिएको छ । बालविवाह, बहुविवाह, लागु औषध दुव्र्यसनीले गर्ने असर, कानुनी दण्ड सजायका विषयमा नाटक मार्फत जानकारी गराइएको छ ।

सामाजिक सञ्जालको दुरुपयोगकै कारण लागु औषध दुव्र्यसनी र बालबिवाह बढ्दो छ । त्यसलाई रोक्न सामाजिक सशक्तिकरण र सेचतना विकासलाई पहिलो प्रथामिकता दिएर गाउँबस्ती तथा विद्यालयमा सडक नाटक नाटकमार्फत सन्देश प्रवाह गरिएको तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले बताए ।
गाउँपालिका उपाध्यक्ष रेवती रावलले जनतासंग उपाध्यक्ष कार्यक्रम अन्तरर्गत सामाजिक सशक्तिकरणको क्षेत्रमा काम गरिने बताईन् । उनले भनिन् सडक नाटकका माध्यमबाट ग्रामिण क्षेत्रमा विद्यमान बालबिवाह, बहुविवाह, लागु औषध दुव्र्यसनी अन्त्यका लागि गाउँबस्तीमा अभियान सञ्चालन गरिने छ ।
आगामी पाँच वर्षमा बालबिवाहमुक्त गाउँपालिका बनाउने लक्ष्य अनुसार विभिन्न गतिविधि काम अघि बढाइएको प्रमुख प्रशासकिय अधिकृत तिर्थ बहादुर कठायतले जानकारी दिए ।

सडक नाटकमा जुम्लाका स्थानीय कलाकार, पुर्ण प्रसाद चौलागाई, राजकली महत, मान बहादुर कुँवर, नवराज नेपाली र अर्जुन महतारा लगायतको अभिनय रहेको थियो । भुरिचुला मिडिया प्रालीको सहजीकरण तथा तातोपानी गाउँपालिकाको आयोजनामा सडक नाटक प्रर्दशन गरिएको हो ।

 

तपाईको प्रतिक्रिया