बालबालिकालाई जीवन उपयोगी सिप


जुम्ला ः बाल क्लवमा आवद्ध बालबालिकालाई पाँच दिने जीवन उपयोगी सिप सिकाएको छ । तातोपानी गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा जीवन उपयोगी तालिम सञ्चालन गरिएको हो ।
बालबालिका समाज परिवर्तनका संबहाक भएको तातोपानी गाउँपालिका उपाध्यक्ष रेवती रावल बताइन् । उनले भनिन् बालबालिकाको समाज रुपान्तरमा ठुलो भमिका हुने भएकाले जीवन उपयोगी तालिमको आवश्कता हुन्छ । तालिममा सिकेका कुरा व्यवहारमा लागु गर्न र कुसंस्कार कुरितीलाई न्यूनिकरण भुमिका रहन्छ ।
प्रमुख प्रशासकीय अधिकृत तिर्थ कठायतले भने बालबालिका काँचो माटो हुन् । उनीहरुको जीवन रुपान्तरण गर्नका लागि जीवन उपयोगी तालिम संचालन गरिएको हो ।
धेरै जसो बालबालिका यही उमेरमा लागुऔषध दुव्र्यसनीमा फस्ने गरेको उनले बताए । अहिले नै उनीहरुलाई सजक बनाउनका लागि यस्तो जीवन उपयोगी तालिमले बालबालिकाको जीवन रुपान्तरण गर्दछ ।
देश निर्माणको मेरुदण्ड नै बालबालिका भएकाले अहिले नै सरोकारवाला निकाय र अभिभावक सजक हुनु पर्ने देखिएको उनले बताए ।
तालिमका प्रशिक्षक नेत्रकला शाहीले यौन तथा प्रजनन् स्वास्थ्य, लागुऔषध दुव्र्यसनी, सुरक्षित मातृत्व, चेलीवेटी बेचविखन जस्ता विषयमा सहजीकरण गरेकी छन्। जीवन उपयोगी तालिम चैत ३० गतेसम्म सञ्चालन हुने तातोपानी गाउँपालिका महिला तथा बालबालिका शाखा  प्रमुख शान्ति भक्तीले बताइन् । ।

 




तपाईको प्रतिक्रिया