
पूर्ण चौलागाईं ।
जुम्लाको तिला गाउँपालिका– ९ को वडा कार्यालयको पक्की भवन उद्घाटन भएको छ । वडाको नवनिर्मित पक्की भवनबाट सेवा संचालन गरिएको वडाध्यक्ष धनबहादुर रावतले बताए ।
भवन सघन शहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय जुम्लाले वडाको प्रशासकीय भवन निर्माण गरेको हो । उक्त भवन निर्माणका लागि सघन शहरी विकास कार्यालयको रु ४८ लाख बजेटमा वडाको प्रशासकीय भवन निर्माण भएको वडाध्यक्ष रावतको भनाइ छ ।
कार्यालयले चारकोठेसहितको एकतले भवन निर्माण गरेको छ । दोस्रो तला पनि थप गर्ने योजना बनाइएको वडाध्यक्ष रावतको भनाइ छ । सेवा प्रवाहलाई प्रभावकारी बनाउन पालिकाका सबै वडाका भवनलाई क्रमश पक्की भवन निर्माणका लागि पालिकाको पहिलो प्रथामिकतामा परेको गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाको बताए ।
पालिका नौवटा वडा कार्यालयलाई व्यवस्थित गरी जनमुखी सेवा प्रवाहलाई प्रभावकारी रुपमा लिनका लागि पालिका लागी परेको गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले बताइन् ।उपभोक्त समितिबाट गतवर्ष भवन निर्माण गरिएको हो ।
शनिबार एक कार्यक्रमका बीच वडाको भवन उद्घाटन गरिएको वडा सचिव जनक बहादुर बुढाले बताए ।

यहाँका आठ स्थानीय तहका ६० वटा वडा कार्यालय रहेका छन् । जसमध्ये अधिकांश कार्यालय भाडाका घरमा संचालन भइरहेका छन् ।

हाम्रो कर्णाली । ३० जेष्ठ २०८३, शनिबार २२:१९