
पूर्ण चौलागाईं ।
जुम्ला जिल्ला बनक्षेत्र समन्वय समितिको बैठक सम्पन्न भएको छ। जिल्लामा सरोकारवाला बिच बुधबार उक्त बैठक सम्पन्न भएको हो। बैठकले नदिजन्य पदर्थहरु ढुङ्गा ,गिट्टी,बालुवा लगायत दहत्तर बहत्तरको उत्खनन ,संकलन तथा प्रशोधन कार्यको नियमन गर्ने,मानव – बन्यजन्तु द्रन्द न्यूनीकरणका लागी जिल्ला स्थित सुरक्षा निकाय र सरोकारवालाहरुको समन्वयमा डिभिजन वन कार्यालय जुम्लाले आवश्यक क्रियाकलापहरु संचालन गर्ने निर्णय गरेको डिभिजन वन कार्यालय प्रमुख भरत बुड्थापाले बताए । पछिल्लो समयमा मानव – बन्यजन्तु द्रन्द बढेकाले आम-नागरिकहरुलाई सचेत हुन डिभिजन वन कार्यालय प्रमुख बुड्थापाले आग्रह गरेका छन् ।

आगलागी , खोडिया फडानी जस्ता मानविय कारणले दिनानुदिन जुम्लामा वनक्षेत्र बिनास हुँदै गैरहेकोले यस कार्यलाई रोक्नु पर्ने सरोकारवालाको जोड रहेको छ।
बैठकमा डिभिजन वन कार्यालय जुम्लाले गरेको वार्षिक क्रियाकलापको समेत समिक्षा गरिएको थियो।

हाम्रो कर्णाली । २७ जेष्ठ २०८३, बुधबार २१:२१