
पूर्ण चौलागाईं ।
कालिका आधारभुत बिद्यालय श्रीनगरको बिद्यालय ब्यबस्थापन समितिको अध्यक्षमा दिलेश रावत चयन भएका छन् । बिहिवार बसेको अभिभावकको भेलाले रावतलाई चयन गरेको हो।रावत सो बिद्यालयको दोर्सो पटक बि.व्य.स. अध्यक्षमा चयन भएका हुन् । रावतको अध्यक्षतामा ७ सदस्यीय समिती गठन भएको छ।
शिक्षा ऐन, अनुसार सामुदायिक बिद्यालयको संचालन,रेखदेख र ब्यबस्थापन गर्नको लागि बिद्यालय ब्यबस्थापन समिति गठन गर्ने कानुनी प्राबधान रहेको छ।
बिद्यालयको समग्र बिकास गर्नको लागी आफ्नो विवेकले सकेसम्म लागिपर्ने अध्यक्ष रावतले बताए । शिक्षक,अभिभावक र बि.व्य.स को त्रि-पक्षीय समन्वय तथा सहकार्यले शैक्षिक अवस्था सुधार गर्न सकिने अध्यक्ष रावतको भनाइ छ।


हाम्रो कर्णाली । ३१ बैशाख २०८३, बिहीबार २१:२७