पूर्ण चौलागाईं ।
जेष्ठ नागरिक संघ जुम्लाको छैटौं साधारणसभा सम्पन्न आइतबार सम्पन्न भएको छ।आर्थिक बर्ष २०८१/०८२ को समिक्षा गरि उक्त सभा सम्पन्न भएको हो।सभाले कार्यबाहक अध्यक्ष भवानी प्रसाद न्यौपानेलाई अध्यक्षमा सर्वसहमत चयन गरेको छ।संघका अध्यक्ष तिर्थराज भारतीको कार्यकाल नसकिदै अध्यक्ष भारतीको मृत्यु भएकोले न्यौपानेलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइयको थियो।आजको सभाले १ बर्षसम्म चुनाबी अधिबेशन सम्मको लागि न्यौपानेलाई अध्यक्षको जिम्मेवारी दिइयको हो।त्यसै सचिबको जिम्मेवारी दयादत्त हमालले पायका छन् ।
जेष्ठ नागरिक संघ जुम्लालाइ थुप्रै सहयोग गरेको र आगामी दिनमा पनि सकेजती सहयोग गर्ने चन्दनाथ नगरपालिका प्रमुख राजुर्सिंह कठायतले बताए । त्यसै जेष्ठ नागरिकलाई सेवा गर्नु नै पुण्य कमाउनु हो, सहयोग गर्न नगरपालिका सकारात्मक रहेको उपप्रमुख रामदेबी खड्काले बताइन् ।

जेष्ठ नागरिकका थुप्रै समास्याहरु रहेकाले समाधान गर्न सरोकारवालाले जोड दिनुपर्ने देखिन्छ ।

हाम्रो कर्णाली । २० बैशाख २०८३, आईतवार १९:५९