पूर्ण चौलागाईं ।
जुम्लामा एम्बुलेन्सको ठक्करबाट तातोपानी -५ निवासी ५४ वर्षकी जुना चौलागाईं घाइते भएकि छन् ।शनिबार साझ करिब ७ बजे तातोपानी -५ ऐरेनिमा एम्बुलेन्सले ठक्कर दिदा चौलागाईं घाइते भएकि हुन् । तातोपानी गाउपालिकाको क.प्र०१००१००१झ नम्बरको एम्बुलेन्सले चौलागाईंलाई ठक्कर दिएको प्रहरिले जनाएको छ ।ठक्करबाट चौलागाईंको देब्रे खुट्टा भाचीएको छ भने दाइने खुट्टामा सामान्य चोट लागेको छ। घाइतेको अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भैरहेको छ।
दुर्घटना हुनु दु:खद भएको र उपचारमा कुनै पनि कमि नगर्ने र थप उपचारको लागि जिल्ला बाहिर लिनु परेमा पनि लिन पालिका तयार भएको तातोपानी गाउपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईंले बताए ।

हाम्रो कर्णाली । २० बैशाख २०८३, आईतवार १३:०६