जुम्लामा शुद्ध पानी होइन, प्राप्त पिउने पानीको अभाव


जुम्ला ः प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले भने जुम्लामा शुद्ध पानी होइन, प्राप्त पिउने पानीको अभाव देखिन्छ ।
जिल्ला प्रशासन कार्यालयको आयोजना तथा पेस नेपाल जुम्लाको सजिकरणमा बिश्व पानी दिवसको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
पानी नभएको स्थानमा जीवन सम्भव छैन । जीव र वनस्पतिका लागि जन्म मात्र पर्याप्त हुँदैन बाँच्नका लागि स्वच्छ पानी आवश्यक पर्ने उनले बताए । पानीका मुलबिना बनाइएका पानीका टं«याङकी अनुगमन गर्न जरुरी छ । संविधानको मौलिक हकका रूपमा स्वच्छ खानेपानी व्यवस्था भएपनि कार्यान्वयन हुन सकेको छैन उनले भने ।
जिल्ला समन्वय समितिका कार्यबाहयक प्रमुख नरबिर सुनारले पिउने पानी स्वच्छ र सुरक्षित भयो भने ८० प्रतिशत रोग नै नलाग्ने बताए । उनले भने, ’जुम्लाको हकमा नागरिकले खाने पानीको समस्या भोग्दै आएका छन् ।
चन्दननाथ नगरपालिका उपमेयर रामदेवी खड्काले जुम्लाको पानीको बिषयमा चिन्ता र चासोको बढेको बताइन् । उनले भनिन,’ खानेपानीको समस्या समाधानका लागी संघिय खानेपानी, प्रदेशस्तरको खानेपानी र खलंगा खानेपानीसंग समन्वय गर्ने तयारी गरेका छौँ उनले भनिन् ।
प्रेस नेपाल जुम्लाका परियोजना प्रमुख हेमराज भट्टले खानेपानी सेवा विस्तारका लागि जुम्लामा प्रभावकारी काम हुन नसकेको बताए । उनले बिभिन्न समय अन्तरालमा बनेका कतिपय खानेपानीका संरचना वर्तमान अवस्थामा प्रयोगविहीन छन् । यसको अनुगमन गर्ने निकायको बाटो फितलो भएकाले राज्यको लगानी खेर जाने गरेको छ । यहाँको खानेपानीको गुणस्तरका विषयमा उपभोक्ता जानकार छैनन् उनले भने ।
संघिय खानेपानी तथा ढल ब्यवस्थापन कार्यालय जुम्लाका निमिक्त प्रमुख दिपेन्द्र प्रसाद भट्टले संयुक्त राष्ट्रसङ्घले सन २०३० सम्म विश्वका सबै जनसङ्ख्यालाई स्वच्छ खानेपानी र सरसफाइको सुविधा उपलब्ध गराउने कार्यक्रम ल्याएको बताए ।
दिगो विकास लक्ष्यका कार्यक्रमअन्तर्गतको यो लक्ष्य हासिल गर्न नेपालले १५औँ आयोजनामा पानीका उपलब्ध स्रोतको संरक्षण, सम्वद्र्धन र किफायती उपयोग गर्ने नीति, रणनीति, कार्यक्रम र योजना तय गरेको छ ।यसअन्तर्गत सतहको पानी, वर्षाको आकाशे पानी, सतहमुनिको पानी तीनवटै स्रोतको उपयोग गर्ने नीति लिइएको हो ।
अहिले विश्वमा दुई अर्ब १० करोड मानिस सुरक्षित पिउने पानीबाट वञ्चित छन् । संसारका एक अर्ब ८० करोड मानिस फोहोर पानी त्यसमा पनि दिसाको अंश मिश्रित पानी पिउन बाध्य छन् । असुरक्षित पानी र कमजोर सरसफाइका कारण हरेक वर्ष करिब आठ लाख ४२ हजार जना मान्छे मर्ने गरेका विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।
संयुक्त राष्ट्रसंघको आयोजनामा सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको पर्यावरण र विकास सम्बन्धी महासभाले विश्व पानी दिवसको घोषणा गरेको थियो । यो वर्ष ‘खानेपानी तथा सरसफाइ संकट समाधानका लागि द्रुत परिवर्तन’ नाराका साथ जुम्ला बिश्व पानी दिवस मनाइएको छ ।

 

 




तपाईको प्रतिक्रिया