
जुम्लाको तातोपानीमा सव डिभिजन स्तरीय योजना तर्जुमा गोष्ठि सप्पन्न भएको छ। उक्त गोष्ठिमा नाङ्गो ठाउँमा वृक्षारोपण, वन्यजन्तुको संरक्षण तथा पानी मुहान संरक्षण, झाडी सफाई , अग्निरेखा नियन्त्रण , चोरीसिकार नियन्त्रण र बन हेरालो राखी वनको संरक्षण र ब्यबस्थापन गर्ने योजना बनाइएको सव डिभिजन कार्यालय जुम्लाले जनाएको छ।

समुदाय बिना वन र बाताबरण संरक्षण गर्न नसकिने हुँदा समुदायको महत्वपूर्ण भुमिका रहेको दायको महत्वपूर्ण भुमिका रहेको डिभिजन वन कार्यालय जुम्लाका प्रमुख भरत बुढ्थापाले बताए । वन,वनस्पति ,बन्यजन्तु मानव समुदायको अमुल्य सम्पती भएको डिभिजन प्रमुख बुढ्थापाको भनाइ छ।




हाम्रो कर्णाली । १८ चैत्र २०८२, बुधबार २२:१२