
पूर्ण चौलागाईं ।
जुम्लाको तिला गाउँपालिका–५ स्थित खोलीगाउँको बिराली ढुस्कामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
ट्याक्टरको दुर्घटनामा परी गम्भीर घाइते भएका तिला गाउँपालिका–५ का ५१ वर्षिया तिल रावतको उपचारका लागी कर्णाली स्वास्थ्य विज्ञानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक निर्देश बरालले बताए ।
ट्याक्टरका चालक सोही वडाका भैर रावत फरार रहेकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
कुडारी बजारबाट डुंग्रि गाउँतर्फ जाँदै गरेको भे २ त १७७२ नम्बरको ट्याक्टर मंगलबार विहान ८ बजेतिर दुर्घटना भएको वडाध्यक्ष ललित शाहीले बताए ।
सडकबाट करिव एक सय मिटर तल ट्याक्टर खसेको प्रहरीले जनाएको छ ।




हाम्रो कर्णाली । १७ चैत्र २०८२, मंगलवार १४:३१