डिभिजन वन जुम्लाद्वारा वन डढेलो नियन्त्रण सामाग्री सहयोग

डिभिजन वन कार्यालय जुम्लाले जिल्लाका तीनै सुरक्षा निकायलाई वन डढेलो नियन्त्रण सामाग्री सहयोग  गरेको छ । वन डढेलो सप्ताह अन्तर्गत शुक्रबार नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको विपद यूनिटलाई सो सामाग्री सहयोग  हो ।
प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले तीनै सुरक्षा निकायलाई सामाग्री हस्तान्तरण गरेका हुन् । वन डढेलो नियन्त्रण लगायत अन्य आगजनीका घटना न्युनिकरणमा सक्रिय सुरक्षा नियकालाइ कार्यालयमा रहेका डढेलो नियन्त्रण सामाग्री सहयोग  गरिएको डिभिजन वन कार्यालय जुम्लाका प्रमुख भरत बहादुर बुढ्थापाले बताए ।
वन डढेलो लागेको समयमा न्युनिकरणमा प्रयोग गर्ने कपडा, फलामे औजार दिईएको डिभिजन प्रमुख बुढ्थापाको भनाइ छ। नेपाली सेनालाई १२ थान, शसस्त्र प्रहरीलाई १२ थान र नेपाल प्रहरीको विपद युनिटलाई १० थान गरी ३४ थान सामाग्री बितरण गरिएको डिभिजन वन कार्यालय जुम्लाले जानकारी दिएको छ ।
प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले वन डढेलो लगायत आगजनी तथा अन्य विपदका घटना न्युनिकरणका लागि सबैको समन्वय,सहकार्य तथा हातेमालो हुन जरुरी रहेको बताए । सिमित स्रोत साधनका बीच विपद न्युनिकरणमा जुटेका सुरक्षा निकायलाइ प्रदान गरिएका सामाग्रीले सहज हुनेमा विश्वास व्यक्त गरे ।
डिभिजन वन कार्यालयले वन डढेलो न्युनिकरण सप्ताह अन्तर्गत विभिन्न कार्यक्रम गरेको छ । सप्ताह अन्तर्गत गरेका कामको विषयमा जिल्ला स्थित सरोकारवाला लाई जानकारी गराउने तयारी समेत गरिएको छ ।




तपाईको प्रतिक्रिया